यी व्यक्तिहरुले गरे उपत्यकामा अक्सिजन सहितको निशुल्क एम्बुलेन्स सेवा (सम्पर्क नबर सहित)

काठमाडौं: स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यका सहित २२ जिल्लामा को’रोना संक्रमण डरलाग्दो गरी फैलिरहेको बताएको छ। मन्त्रालयका अनुसार मोरङ, सुनसरी, झापा, पर्सा, बारा, धनुषा, काठमाडौं, भक्तपुर, ललि तपुर, चितवन, मकवानपुर, काभ्रे, कास्की, दाङ, बाँके, रुपन्देही, पाल्पा, बर्दिया, कपिलवस्तु, सुर्खेत, कैलाली र कञ्चनपुरमा को’रोना संक्रमणका हिसाबले अति प्रभावित जिल्ला हुन् ।

मन्त्रालयले संक्रमणको रोकथाममा जनस्वास्थ्यका मापदण्ड अपनाउन र संवेदनशील हुन समेत अपि‍ल गरेको छ। को’रोना भाइरसको संक्रमण बढेसंगै सरकारले बिहीबारदेखि उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपुरमा निषेधाज्ञा लागू गरेको हो । निषेधाज्ञा जारी गरेपछि उपत्यकाका विभिन्न ठाउँमा सवारी साधनका कागजात चेकजाँच कडाइ गरिएको छ । यो अवधिमा अत्यावश्यक बाहेक अन्य काममा निस्किन दिइएको छैन् ।

निषे’धाज्ञालाई मध्यनजर गर्दै निजि सावारी साधन नहुने र ए’म्बुलेन्स खर्च तिर्न नसक्नेहरुका लागि काठमाडौ उपत्यकामा २४ सै घण्टा अक्सिजन सहितको निशुल्क कोभिड एबुलेन्स सेवा सन्चालन गरिएको छ । उपत्यकामा २४ सै घण्टा अक्सिजन सहितको निशुल्क कोभिड एबुलेन्स सेवा सन्चालन गरेको ज्ञानेन्द्र शाहीले जानकारी दिएका छन्। यो कार्यक्रम संचालकहरु, ॐ समाज डेन्टल अस्पताल, सर्बेन्द खनाल, ज्ञानेन्द्र शाही, पाईलट बिजय लामा, निखिल उप्रेती लगाएत रहेका छन् ।

ज्ञानेन्द्र शाहीले लेखेका छन् : आज बाट हामिले काठमाडौ उपत्यकामा २४ सै घण्टा निशुल्क कोभिड एबुलेन्स सेवा (साथमा अक्सिजन )सहित सन्चालन गरेका छौ सम्पर्क नम्बर 9851277342 ,9851239342, 9851312417 कृपया जस्को निजि सावारी साधन छैन जो एबुलेन्सको खर्च तिर्न सक्नु हुन्न उहाँहरुले सम्पर्क गर्नु होला । यो कार्यक्रम संचालकहरु सबैलाई धन्यवाद

१ ॐ समाज डेन्टल अस्पताल, २ सर्बेन्द खनाल (पुर्ब आईजिपी नेपाल प्रहरी), ३ ज्ञानेन्द्र शाही (हाम्रो नेपाल हामी नेपाली संयोजक), ४ पाईलट बिजय लामा (क्याप्टेन नेपाल वायु सेवा), ५ निखिल उप्रेती (नेपाली सिनेमामा suparstar नायक), ६ केदार घिमिरे” माग्ने बुढा “(कलाकार), ७ डा:सुबास घिमिरे, ८ कर्ण बहादुर शाही (पुर्ब अध्यक्ष एन प्याब्सन), ९ सन्जय राज अधिकारि (अधिबक्ता), १० रामहरि शर्मा (अध्यक्ष पर्यटन यातायत महासंघ), ११ देबेन्द प्रधान (यातायात बिज्ञ एबंम राप्रपा नेता), १२ बिरा समाज सेबा, १३ खगेन्द्र थापा (हाम्रो नेपाल हामी नेपालि अन्तर्राष्ट्रिय संयोजक)

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

+ eighty eight = ninety four