लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध आज अविश्वास प्रस्ताव पेश हुँदै !

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलवि,रुद्ध आज प्रदेश सभामा अविश्वास प्रस्ताव पेश हुने भएको छ।

मुख्यमन्त्री पोखरेलविरुद्ध नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी (जसपा)ले ६ वैशाखमा अविश्वास प्रस्ताव दर्ता गरेका थिए। तीनै दलका सांसदहरूको समावेदनपछि प्रदेश प्रमुख धर्मनाथ यादवले आज दिउसो १ बजे बस्ने गरी विषेश अधिवेशन आह्वान गरेका हुन्।

शनिबार बसेको प्रदेश सभाको कार्यव्यवस्था परामर्श समितिको बैठकले आज संसद्मा अविश्वास प्रस्ताव पेश गर्ने कार्यसूचि तय गरेको छ। सभामुख पूर्णबहादुर घर्तीले तय गरेको कार्यसूचि अनुसार आज अविश्वास प्रस्तावमाथि छलफल हुनेछ भने भोलि मतदान गरेर टुंगो लगाइनेछ।

लुम्बिनी प्रदेश सभा ८७ सदस्यीय छ। २०७४ को निर्वाचनबाट नेकपा ९एमाले०का ४१, माओवादीका २०, कांग्रेसका १९, जसपाका ६ र राष्ट्रिय जनमोर्चाका एक सांसद निर्वाचित भएका थिए।

सम्बन्धित समाचार

लुम्बिनी र कर्णालीका मुख्यमन्त्रीलाई सुखद संयोग : विपक्षी सांसद पदमुक्त हुँदा सुरक्षित
संकटमा आफूलाई सहयोग गर्ने विपक्षी दलका सांसदमाथि भएको कारबाही लुम्बिनी र कर्णाली प्रदेशका मुख्यमन्त्रीहरूलाई एउटा यस्तो सुखद संयोग बन्न पुगेको छ, जसले।।।
बिहीबार, १६ वैशाख, २०७८
एमालेमा प्रवेश गरेका दुई सांसदलाई माओवादीले कारबाही गरिसकेको छ। उनीहरूको सांसद पद खारेज भइसकेको छ। त्यस्तै, मुख्यमन्त्री पोखरेलले मन्त्री बनाएका चार सांसदलाई पनि जनता समाजवादी पार्टीले कारबाही गरेको छ। उनीहरूको पनि सांसद पद खारेज भइसकेको छ।

माओवादीका एक सभामुख रहेकाले अब प्रदेश सभामा ८० सदस्य छन्। सरकार बनाउने बहुमतका लागि ४१ सदस्य चाहिन्छन्।

अहिले प्रदेश सभामा एमालेका ४१, माओवादीका १७ (सभामुखबाहेक), कांग्रेसका १९, जसपाका दुई र जनमोर्चाका एक सांसद छन्। जनमोर्चाले पनि अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने निर्णय गरेको छ। जसले गर्दा अब अविश्वास प्रस्तावको पक्षमा कांग्रेस, माओवादी, जसपा र जनमोर्चाका गरी ३९ सांसद छन्। मुख्यमन्त्री पोखरेलको पक्षमा ४१ सांसद छन्।

अहिलेको संख्या अनुसार मुख्यमन्त्री पोखरेल बहुमतमा छन्। कर्णाली प्रदेशमा जसरी एमालेका सांसदले फ्लोर क्रस नगरेमा अविश्वास प्रस्ताव असफल हुनेछ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

+ nineteen = twenty