मन्त्रीहरूलाई बालुवाटारमै रोकेर राष्ट्रपति भेट्न प्रधानमन्त्री ओली शीतलनिवासमा

काठमान्डौं : राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न प्रधानमन्त्री केपी शर्मा ओली शीतलनिवास पुगेका छन् । साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकमा संसदमा विश्वासको मत लिने जानकारी गराएर ओली शीतलनिवास पुगेका हुन् । मन्त्रीहरू बालुवाटारमै बसिरहेका छन् ।

यसअघि आइतवार दिउँसो एमाले स्थायी कमिटीको बैठक सकेर ओली राष्ट्रपति भण्डारीलाई भेट्न शीतलनिवास पुगेका थिए । वैशाख २७ गते संसदमा विश्वासको मत लिने बताएका ओली संसद्को अधिवेशन आह्वान गर्ने पत्र लिएर शीतलनिवास पुगेका स्रोतले बतायो ।

सरकारले वैशाख २७ गतेका लागि संघीय संसदको हिउँदे अधिवेशन बोलाउने तयारी गरेको छ ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

÷ three = 3