कालिकोटमा एक हप्ताका लागि निषेधाज्ञा जारी ! के के संचालन गर्न पाउने ?

कालिकोट : आइतबार (आज) देखि कालिकोटमा एक हप्तासम्म निषेधाज्ञा जारी गरिएको छ। विश्वभर फैलिरहेको नयाँ भेरियन्टको को,रोना भाइ,रसको संक्र,मण तीव्र रुपमा फैलिन थालेपछि यसको रो,क,थाम र नियन्त्रणका लागि नि,षेधा,ज्ञाको निर्णय गरिएको हो।

जिल्ला को,भिड संकट ब्यवस्थापन केन्द्रको शनिबारको बैठकको सिफारिस अनुसार जिल्ला सुरक्षा समितिको आइतबारको बैठकले निषेधाज्ञाको निर्णय गरेको हो। निषेधाज्ञा बैशाख २६ गते राति १२ बजेसम्म लागू हुने छ। निषेधाज्ञाको पालना गर्न प्रशासनले सबैमा आग्रह गरेको छ।

आदेशमा भनिएको छ,‘कार्यालय संञ्चालन सम्बन्धमा अत्यावश्यक बाहेकका सबै सार्वजनिक सेवा हाललाई बन्द गर्ने र बैंक तथा वित्तिय संस्थाहरुले आफ्नो कार्यालय र कर्मचारीको अवस्था हेरी समय तोकी अत्यावश्यक सेवा संचालन गर्ने।’ सवारी साधन संचालन पूर्णरुपमा रो,क लगाएको छ।

अत्यावश्यक सेवा खाद्य सामग्री पानी औषधि तथा स्वास्थ्यसँग सम्बन्धित सामान तथा सेवा एम्बुलेन्स दमकल दुध तथा दग्धजन्य पदार्थ फोहोर मैला ब्यवस्थापन बैंक तथा बित्तिय संस्था दुरसंचार इन्टरनेट आइसोलेसन र क्वारेन्टाइनका सवारी साधनहरु स्पष्ट खुल्ने कागजातका आधारमा संचालन गर्न सकिने आदेशमा उल्लेख छ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

fifty nine − fifty eight =