भक्तपुरको सूर्यविनायकमा बन्द कोठाभित्र तीनजना अचेत अवस्थामा, एकजनाको मृ,त्यु

काठमाडौँ : भक्तपुरको सूर्यविनायक नगरपालिका १० मिलनचोकमा बन्द कोठाभित्र अचेत अवस्थामा भेटिएका तीनजनामध्ये एकजनाको मृ,त्यु भएको छ । काभ्रेको तिमाल गाउँपालिका ३ गुडुवाल स्थायी घर भएकी २२ वर्षीया सुनिता तामाङको मृ,त्यु भएको प्रहरीले जनाएको छ। ४० वर्षीया शान्ती माया ब्लोन तामाङ र १८ वर्षीया अनिता तामाङको अवस्था सुधारउन्मुख रहे पनि खत,रामुक्त नरहेको प्रह,रीले जनाएको छ।

सुनिता र अनिता, शान्तिका छोरी हुन्। विवाहित दुवै जना माइत बस्दै भएका थिए। आइतबार राति ११ बजे सलाम तामाङले श्रीमती शान्तीलाई फोन गर्दा नउठेपछि उनले छिमेकीलाई खबर गरि बोलाउन पठाएका थिए। त्यसक्रममा तीनै जना बेहोस् अवस्थामा भेटिएका थिए।

प्रह,रीका अनुसार उपचाररत अनिता केही समयअघि मात्र सुत्केरी भएकी हुन्। उनीहरुले कोइला बालेर सुत्दा बन्द कोठामा अक्सिजन कमी भई ज्या,न गएको हुन सक्ने प्रहरीले प्रारम्भिक अनुमान गरेको छ। प्रह,रीका अनुसार घट,ना भएकै दिन अनिताले आफ्नो नवजात शिशुलाई पालन पोषणका लागि आफन्तको जिम्मा लगाएकी थिइन्।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

7 + two =