माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै !

काठमाडौँ : नेकपा माओवादी केन्द्रले आकस्मिक रुपमा मंगलबार स्थायी कमिटी बैठक बोलाएको छ । दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक बोलाइएको हो ।

काठमाडौंमा उपलब्ध स्थायी कमिटी सदस्यलाई मात्र बैठकका एजेन्डा बारे भने स्पष्ट गरिएको छैन । यद्यपी प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने निर्णय गरेपछि माओवादी केन्द्रको बैठक बस्न लागेको हो ।

माओवादी केन्द्रले अहिलेसम्म सरकारलाई दिएको समर्थन औपचारिक रुपमा लिएको छैन । यसअघिको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिनेबारे निर्णयको अधिकार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिएको थियो ।

त्यस्तै सरकारले हालै माओवादी केन्द्रको तर्फबाट नियुक्त भएका गण्डकी र सुदुरपश्चिमका प्रदेश प्रमुख तथा अस्ट्रेलियाका लागि नेपाली राजदुतलाई फिर्ता बोलाउने निर्णय गरेको छ ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

7 + three =