ओलीविरुद्ध एक हुँदै नेताहरु: विश्वासको मतलाई  फेल ख्वाउने रणनीतिमा बढ्यो सक्रियता

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मतमा फेल गराउन विपक्षी गठबन्धनले छलफललाई तिब्रता दिएका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जनता समाजवादी पार्टी जसपाका अध्यक्ष उपेन्द्र यादव र एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल बिच बुधवार विहान छुट्टाछुट्टै छलफल भएको छ। यादव निकट एक नेताका अनुसार प्रचण्डले उपेन्द्र यादव र माधव नेपाललाई छुट्टाछुट्टै भेटेका हुन्। भेटमा विश्वासको मतमा ओलीलाई असफल बनाउने बारेमा छलफल भएको थियो।

२७ गते के गर्ने भन्नेबारेमा कुराकानी भएको हो। हिजैदेखि नेताहरु सघन छलफलमा छन् उनले भने। ती नेताका अनुसार मंगलवार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग पनि नेताहरुको संयुक्त छलफल भएको थियो। उक्त छलफल ओलीले २७ गते लिन लागेको विश्वासको प्रस्तावमा कसरी अगाडि बढ्ने भन्नेबारेमा केन्द्रित थियो।

नेपाली कांग्रसले ओलीलाई विश्वासको मत नदिने निर्णय गरिसकेको छ भने जसपाको डा बाबुराम भट्टराई र उपेन्द्र यादव समूह ओली इतरको गठबन्धनमा सामेल भएको छ। एमालेको नेपाल समूहले अनौपचारिक रुपमा ओलीलाई असफल बनाउने रणनीति लिइरहेको छ।

माओवादी केन्द्रले लामो समयपछि बुधवार संसदलाई ओली नेतृत्वको सरकारलाई आफ्नो पार्टीको समर्थन नभएको जानकारी गराएको छ। लामो समयको गृहकार्य गर्दा पनि ओली विरुद्ध संसदमा अविश्वासको प्रस्ताव ल्याउन नसकेका विपक्षी गठबन्धनका नेताहरुले थप रणनीति बनाउने कोसिस गरिरहेका हुन्।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

+ 9 = twelve