ठुलो खुशीको खबर ! रसियाले दिनेभयो नेपाललाई २ करोड ५० लाख डोज कोरोनाको भ्याक्सिन

काठमाडौ – रसियाले नेपालको ९० प्रतिशत जनसंख्यालाई पुग्ने खोप दिने भएको छ । विश्वमै पहिलोपटक खोप विकास गरेको दाबी गरेको रसियाले नेपाललाई कोरोना भाइरसविरुद्धको साढे २ करोड ५० लाख डोज खोप दिने भएको हो ।

खोप नेपाल पठाउन सम्झौता भइसकेको अन्तर्राष्ट्रिय सञ्‍चारमाध्यम रोयटर्सले जनाएको छ । रोयटर्सका अनुसार रसियन डाइरेक्ट इन्भेस्टमेन्ट फन्ड र नेपालको औषधि उत्पादक कम्पनी ट्रिनिटी फर्मास्युटिकल्सकबीच २ करोड ५० लाख डोज रुसी भ्याक्सिन ‘स्पुतनिक-५’ नेपाल ल्याउने सम्झौता भएको हो ।

नेपालमा मात्र नभएर एसिया, मध्य पूर्व, ल्याटिन अमेरिका, युरोप र सीआईएसका ५० भन्दा बढी मुलुकहरुले ‘स्पुतनिक भी’ को माग गरेको समेत दाबी गरिएको छ । फन्डका प्रमुख कार्यकारी अधिकृत किरिल डिमिट्रेभले ट्रिनिटीसँग सम्झौता भएको र नेपालका ९० प्रतिशत जनसंख्याका लागि पुग्‍ने गरी भ्याक्सिन उपलब्ध गराउने बताएका छन् । ‘ट्रिनिटी कम्पनीलाई धन्यवाद! खोपका लागि सम्झौता भइसकेको छ,’ उनको भनाइ छ ।

यसअघि आरडीआईएफले मेक्सिकोसँग ३२ मिलियन डोज, ब्राजिलसँग ५० मिलियन, भारत – १०० मिलियन र उज्बेकिस्तानसँग ३५ मिलियन डोज खोपका लागि सम्झौता गरिसकेको छ । रुसको स्वास्थ्य मन्त्रालयमा ११ अगस्टमा विकास भएको यो खोपलाई मानव एडिनोभाइरल भेक्टर प्लेटफर्ममा आधारित कोभिड-१९ विरुद्धको विश्वमा दर्ता भएको पहिलो खोप भनिएको छ ।

यता फर्मास्युटिकल्स एसोसिएसनका अध्यक्ष शशिकान्त चौधरीले यसबारेमा आफूलाई केही थाहा नभएको प्रतिक्रिया दिएका छन् । उनले यो कम्पनी औषधि उत्पादकभन्दा आयातकर्ता मात्रै हुन सक्ने बताए । साथै उनले ट्रिनिटीका बारेमा एसोसियसनलाई केही खबर नगरेको पनि बताए ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

five × = 35