अन्ततः प्रधानमन्त्री ओली एक्लिए !

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक घेराबन्दीमा परेका छन् । आन्तरिक तथा प्रतिपक्षी दलहरुको आवाजलाई इन्कार गर्दै आएका प्रधानमन्त्री ओली अन्ततः घेराबन्दीमात्रै परेनन्, एक्लिएको अवस्थामा आइपुगे ।

साविक नेकपाताका प्रचण्ड–नेपाल समूहलाई पेलेर अघि बढेका प्रधानमन्त्री ओलीमाथि दलहरुको विभाजनका लागि अध्यादेश ल्याएकोसमेत आरोप लाग्यो । सोही आशंकामा अघिल्लो वर्ष वैशाख १० गते मध्यराति राजपा र समाजवादी पार्टीबीच एकीकरण गरेर जसपा गठन गरियो । अहिले जसपा विघटनको अवस्थामा आइपुुगेको छ ।

अन्य दलहरुमा आन्तरिक किचलो र फुटको सृजना गर्ने चलखेल गरेको आरोप खेपेका प्रधानमन्त्री ओली आफ्नै पार्टीभित्रको विवाद मिलाउन सकेनन् । अन्ततः २३ फागुनको सर्वोच्च अदालतको आदेशपछि एमाले र माओवादी केन्द्र अस्तित्वमा आएसँगै साविक नेकपाको विवाद टुंगियो । तर, एमालेभित्रको विवादले अध्यक्ष ओलीलाई एक्ल्याएको छ ।

अध्यक्ष ओलीले माधवकुमार नेपाल–झलनाथ खनाल समूहका शीर्षस्थ नेतामाथि नै कारबाही गरेपछि एमालेको विवाद पार्टी फुटको अवस्थामा आइपुगेको छ । अध्यक्ष ओलीको जस्तोसुकै कारबाही भोग्न नेपाल–खनाल समूह तयार भएको छ । जसले आफ्नै पार्टीका अध्यक्षलाई प्रधानमन्त्रीमा विश्वासको मत दिन नेपाल समूहपछि हटेको छ । बरु सांसद पदबाटै राजीनामा दिन उनीहरु तयार भएका छन् ।

पार्टीभित्रकै ठूलो हिस्साले साथ छाडिरहेका बेला प्रधानमन्त्री ओलीले अरु दलहरुबाट पनि विश्वास गुमाएको देखिन्छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको प्रधानमन्त्री ओलीलाई साथ रहेको बताइन्थ्यो । सरकारका विवादास्पद कदमको विरोध नगरेर प्रधानमन्त्री ओलीलाई मौन समर्थन जनाएको आरोप खेपेको कांग्रेसले अहिले आएर साथ छाडेको टिप्पणी हुन थालेको छ ।

बुधबार देउवा निवास बुढानिलकण्ठ पुुगेर प्रधानमन्त्री ओलीले आफूलाई विश्वासको मत दिन गरेको आग्रहलाई देउवाले इन्कार गर्दै अब सहकार्य नहुने र विश्वासको मत पनि नदिने जवाफ दिए । अर्थात सरकारलाई मौन समर्थन जनाएको आरोप लागेको कांग्रेस सभापति देउवाले पनि प्रधानमन्त्री ओलीको साथ छाडेको देखियो ।

माओवादी केन्द्र त ओली सरकारविरुद्ध घुँडाधसेर लागेको छ । ओलीलाई सत्ताच्यूत गर्न माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्रीको पद किस्तीमा बोकेर कांग्रेससहितका नेताहरुको घर घरमा गएको आरोप लाग्यो । अर्थात जसरी पनि ओलीको शक्ति क्षिण गराउने र प्रधानमन्त्रीलाई एक्ल्याउने प्रचण्डको रणनीति देखियो ।

यस्तै जनत समाजवादीको महन्थ–राजेन्द्र समूहले समर्थन गर्ने देखिए पनि औपचारिक रुपमा निर्णय गर्न सकेको छैन । जस कारण प्रधानमन्त्री ओली आफ्नै पार्टी एमाले, कांग्रेस, माओवादी केन्द्र र जसपाबाट एक्लिएका छन् ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

+ twenty five = 31