अन्तत: बादल नै बन्ने भए राष्ट्रिय सभा सदस्यको उम्मेदवार

काठमाडौं : नेकपा एमालेले जेठ ६ गते हुने राष्ट्रिय सभा सदस्य उपनिर्वाचनका लागि रामबहादुर थापा ‘बादल’लाई नै उम्मेदवार बनाएको छ । शुक्रबार बिहान बालुवाटारमा बसेको एमाले स्थायी समिति बैठकले बादललाई नै उम्मेदवार बनाउने निर्णय गरेको नेता सुवास नेम्वाङले जानकारी दिए ।

‘उहाँ रामबहादुर थापा बादललाई नै उम्मेदवार बनाउने निर्णय भयो र उहाँ उम्मेदवारी दिन त्यसतर्फ हिँडिसक्नुभयो,’ नेम्वाङले भने । माधव नेपाल पक्षका नेताहरुको कारवाही फिर्ताबारे भने कुनै निर्णय भइनसकेको उनको भनाइ छ । ‘अरु विषयमा आन्तरिक छलफल भइरहेका छन् । निर्णय भैसकेको छैन’, नेता नेम्वाङको भनाइ छ ।

विपक्षी गठबन्धन नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एमालेका खनाल–नेपाल समूह र जनता समाज पार्टी०का उम्मेदवार डा। खिमलाल देवकोटाले उम्मेदवारी दिँदैछन् । अब यो पदमा बादल र देवकोटाको प्रतिस्पर्धा हुने निश्चित भएको छ ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

22 − thirteen =