देखियो ओली र नेपाल मिल्ने संकेत !

काठमाडौं : सत्ताधारी एमाले भित्रको विवाद फेरि सत्ताकै लागि भएको पुष्टी गर्दै पटाक्षेप हुने भएको छ । प्रधानमन्त्री केपी ओली कर्नरमा परेपछि एक कदम पछाडि फर्केर उनले असष्ट पक्षसँग सम्झौता गर्ने समझदारी बनेको छ ।

हिजो र आज बिहान भएको म्यारथन छलफलले ओलीलाई एक कदम पछाडि धकेलिदिएको छ । अब माधव–झलनाथ पक्षका नेताहरुको कारबाही प्रकृया रोक्न ओली सहमत भएका छन् भने एमालेमा रहेको समानान्तर गतिविधि माधव नेपाल पक्षले रोक्ने सहमति भएको स्रोतको दाबी छ ।

हिजो राति राष्ट्रपति विद्यादेवी भण्डारीको पहलमा नेता नेपाल र प्रधानमन्त्री ओलीबीच पनि छलफल भएको स्रोतको दाबी छ । यद्यपि नेता नेपालले आफ्नो पक्षबाट घनश्याम भूषाल र योगेश भट्टराईले वार्ता गर्ने बताएका थिए । सोही बमोजिम हिजो मध्यरातसम्म प्रधानमन्त्री ओलीले भूषाल र भट्टराईसँग छलफल गरेका थिए ।

छलफलमा भएको सहमति अनुसार, सर्वोच्च अदालतको निर्णय बमोजिम जेठ २, २०७५ अगावैको एमालेको अस्तित्व स्वीकार्न ओली तयार भएका छन् । तर अब बस्ने बैठकले फागुन २८ मा भएका निर्णय अनुमोदन गर्नुपर्ने छ । यसो गर्दा दुबै पक्षको वीन वीनको अवस्था आउने छ ।

यसबारे राति नै नेता नेपाललाई जानकारी गराइएको थियो । तर नेपालले ओलीको बोलीको भर नभएको भन्दै राष्ट्रपतिलाई साक्षी राखेर मात्रै सहमति गर्न सकिने सर्त राखेका थिए । सोही बमोजिम आज दिउँसो राष्ट्रपतिको रोहबरमा ओली र नेपालबीच सम्झौता गर्ने सहमति जुटेको छ ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

− nine = 1