कोरोना पुष्टि भएका संसद सचिवालयका उपसचिव खनालको अस्पताल लैजाँदै गर्दा मृ,त्यु

काठमाडौ : को,रोना पुष्टि भएर अस्प,ताल भर्ना गर्न लैजादै गर्दा प्रतिनिधि सभा संसद सचिवालयका उपसचिव कृष्णराज खनालको मृ,त्यु भएको छ। उनलाई बुधवार गरिएको को,रोना परिक्षणमा पुष्टि भएको थियो । संसद बैठक बस्नु अघि सांसद र सचिवालयका सबै कर्मचारीको को,रोना परिक्षण गरिएको थियो । केही कर्मचारीमा को,रोना पुष्टि भएका मध्य खनाल पनि एक थिए ।

शुक्रबार बिहान कलंकीस्थित श,हिद ममोरियल अस्प,ताल लैजाने क्रममा उनको मृ,त्यु भएको संसद सचिवालयले जनाएको छ। बुधबार गरिएको परीक्षणमा चार सांसद र सचिवालयका तीन कर्मचारीमा संक्र,मण पुष्टि भएको थियो।

को,रोना पुष्टि भएपछि खनाल चन्द्रागिरी–१२ स्थित घरमै आइसोलेसनमा बसेका थिए । शुक्रवार अचानक उनको स्वास्थ्यमा समस्या उत्पन्न भएपछि अस्प,ताल लगिएको थियो । शुक्रवार विहान अस्प,ताल लैजाने क्रममा वाटोमै नि,धन भएको बताइएको छ । वैशाख २७ गते संसद वैठक बोलाइएपछि सांसद र सचिवालयका कर्मचारीको पनि कोरो,ना परीक्षण गरिएको थियो। प्रधानमन्त्री ओलीले विश्वासको मत लिने घोषणा पछि बैशाख २७ का लागि संसद बैठक बोलाइएको थियो ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

9 × one =