नेपालमा २४ घण्टामा नौ हजार एक सय ९६ जनामा कोरोना सङ्क्रमण, ५० जनाको ज्यान गयो

काठमाण्डौ : पछिल्लो २४ घण्टामा देशभर नौ हजार एक सय ९६ जनामा को,रोना भाइ,रसको सङ्क्र,मण पुष्टि भएको छ । २० हजार चार सय ८२ नमुना परीक्षण गर्दा नौ हजार एक सय ९६ जनामा सङ्क्र,मण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यो सङ्ख्या नेपालमा देखिएको दैनिक सङ्क्र,मण मध्ये सबैभन्दा धेरै हो । बिहीवार (हिजो) नौ हजार ७० जनामा सङ्क्र,मण पुष्टि भएको थियो । योसँगै नेपालमा को,रोना पुष्टि हुनेको सङ्ख्या तीन लाख ७७ हजार ६ सय तीन पुगेको छ ।

दिनदिनै ठूलो सङ्ख्यामा सङ्क्र,मित थपिएसँगै नेपालमा अहिले ७८ हजार ६ सय २९ जना सक्रि,य सङ्क्र,मित रहेका छन् ।

यस्तै थप ५० को,रोना सङ्क्र,मितको ज्या,न गएसँगै नेपालमा को,रोना सङ्क्र,मणबाट ज्या,न गुमाउनेको सङ्ख्या तीन हजार पाँच सय ७९ पुगेको छ ।

२४ घण्टामा दुई हजार नौ सय पाँच जना सङ्क्र,मित निको भएका छन् । नेपालमा को,रोना सङ्क्र,मणमुक्त हुनेको सङ्ख्या दुई लाख ९५ हजार तीन सय ९५ पुगेको छ ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

11 − two =