माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड सभामुखलाई भेटेर देउवा निवासमा

काठमाडौं : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न बुढानिलकण्ठ पुगेका छन् । प्रतिनिधि सभाको विशेष अधिवेशनको मिति नजिकिंदै गर्दा माओवादी अध्यक्ष प्रचण्डले भेटघाटलाई तीव्रता दिएका हुन् ।

उनी केही बेरअघि प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटासँग उनको लैनचौरस्थित निवासमा भेटघाट सकेर बुढानिलकण्ठ पुगेका हुन् ।

२७ गते प्रतिनिधि सभामा प्रधानमन्त्रीले विश्वासको मत लिने कार्यक्रम तय छ । सो विषयमा कसरी अघि बढ्ने भन्ने छलफल गर्न र अन्य प्रतिपक्षी दलसँगको संवादबारे देउवालाई जानकारी गराउन प्रचण्ड बुढानिलकण्ठ पुगेको स्रोतले जनाएको हो ।

यसअघि बिहीबार एमाले नेता माधव नेपालले पनि देउवालाई निवासमा नै पुगेर भेटेका थिए । यस्तै गत बुधबार प्रधानमन्त्री ओलीसमेत एमालेका आफू निकट नेताहरूलाई लिएर देउवा भेट्न उनकै निवास पुगेका थिए ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

÷ 1 = nine