पर्सामा कोरोना संक्रमणबाट ६ जनाको मृ,त्यु

काठमाडौं : पछिल्लो २४ घण्टामा वीरगञ्जका दुईवटा अस्पतालमा ६ जना को,रोना संक्र,मितको मृ,त्यु भएको छ ।

वीरगञ्ज हेल्थ केयर अस्पतालमा ३ जना र नेशनल मेडिकल कलेजले सञ्चालन गरेको बाबा होटल कोरोना अस्पताल ३ जना को,रोना संक्र,मितको मृ,त्यु भएको हो ।

योसँगै को,रोना संक्र,मणको दोस्रो लहरबाट पर्सामा मृ,त्यु हुनेको संख्या ३९ पुगेको छ । अन्य जिल्लाबाट उपचारका लागि पर्सा आएका थप १९ जनाको वीरगञ्जमा मृ,त्यु भएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।

वीरगञ्ज हेल्थ केयर अस्पतालमा वीरगञ्ज– ११ का ५४ वर्षीय, कालिकामाई–२ का ५५ वर्षीय र वीरगञ्ज– ११ कै ५४ वर्षीय पुरुषको मृ,त्यु भएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।

वीरगञ्ज– ११ का ५४ वर्षीय पुरुषको शुक्रबार बिहान ७ बजे उप,चारकै क्रममा मृ,त्यु भएको थियो । स्वास प्रश्वासमा समस्या भएपछि उनलाई बिहीबार नारायणी अस्प,तालमा लगिएको थियो । नारायणी अस्पतालमा एन्टीजीन परीक्षण गर्दा को,रोना संक्र,मण पुष्टि भएको थियो । अस्प,तालमा भेन्टिलेटर नभएका कारण वीरगञ्ज हेल्थ केयरमा रिफर गरिएको शुक्रबार बिहान उनको मृ,त्यु भएको प्रशासकीय अधिकृत विनय श्रीवास्तवले जानकारी दिए ।

कालिकामाइका पुरुष वैशाख २२ गते उपचा,रका लागि हेल्थ केयर अस्प,तालमा भर्ना भएका थिए । बिहीबार गरिएको एन्टीजीन परीक्षणका क्रममा उनमा को,रोना संक्र,मण पुष्टि भएको थियो । शुक्रबार बिहान ८ बजे उप,चारकै क्रममा उनको मृ,त्यु भएको अस्प,तालले जनाएको छ ।

वीरगञ्ज– ११ कै अर्का पुरुष वैशाख १८ गतेदेखि नै हेल्थ केयरमा उप,चाररत थिए । सोही दिन पीसीआर परीक्षण गराउँदा उनमा को,रोना संक्र,मण पुष्टि भएको थियो । बिहीबार साँझ ६ः१० मा उनको मृ,त्यु भएको थियो ।

त्यसैगरी नेशनल मेडिकल कलेजले बाबा होटलमा सञ्चालन गरेको को,रोना अस्प,तालमा वीरगञ्ज– ५ का ७९ वर्षीया महिला, पर्साको बहुदरमाईका ४० वर्षीय र वीरगञ्ज– २८ बगहीका वर्षीय पुरुषको मृ,त्यु भएको छ ।

वीरगञ्ज– ५ कि महिलाको स्वास्थ्यमा समस्या आएपछि पीसीआर परीक्षण गराउँदा वैशाख १९ गते को,रोना संक्र,मण पुष्टि भएको थियो । भोलिपल्ट झनै गाह्रो भएपछि बाबा होटल को,रोना अस्प,तालमा भर्ना गरिएको थियो । उप,चारको क्रममा शुक्रबार बिहान ११ बजे मृ,त्यु भएको को,रोना अस्प,तालले जनाएको छ ।

बहुदरमाईका ४० वर्षीय पुरुषमा बैशाख १३ गते को,रोना संक्र,मण पुष्टि भएको थियो । संक्र,मणपछि उनी होम आइसोलेसन वैशाख १९ गते स्वास्थ्यमा समस्या आएपछि को,रोना अस्प,ताल भर्ना भएका थिए । बिहीबार साँझ ५ः३० बजे उनको मृ,त्यु भएको अस्प,तालले जनाएको छ ।

वीरगञ्ज–२८ का ६१ वर्षीय पुरुष बिहीबार नै बाबा होटल को,रोना अस्प,तालमा भर्ना भएका थिए । सोही दिन गरिएको पीसीआर परीक्षण रिपोर्ट पोजेटिभ आएको थियो । उपचारकै क्रममा बेलुका साढे ६ बजे उनको मृ,त्यु भएको थियो ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

fifty one − forty three =