नियन्त्रण गुमाएकोचिनियाँ रकेट आज पृथ्वीमा खस्दै ! ३० वर्ष यताको ठुलो रकेट दुर्घटना

काठमाडौँ । चीनले अन्तरिक्षमा आफ्नो स्टेसन बनाउने लक्ष्यका साथ पठाएको अन्तरिक्ष स्टेसनको तियान्हे मोड्युल बोकेको रकेट नियन्त्रण बाहिर गएको छ। अप्रिल २९ मा तियान्हे प्रक्षेपण गरेको लङ्ग मार्च ५बी नियन्त्रण बाहिर गएको हो। झन्डै २१ मेट्रिक टन तौल भएको यो रकेटले गह्रुँगा चिजहरूलाई अन्तरिक्षमा पुगाउने काम गर्थ्यो अर्थात् यो एक गह्रुँगो लन्च(प्रक्षेपण) भेहिकल हो।

तर, नियन्त्रण बाहिर गएपछि यो रकेटले अन्तरिक्षमा पृथ्वीको परिक्रमा गरेपछि गुरुत्व बलका कारण पृथ्वी तिरै खसेको छ। यद्यपि वायुमण्डलमा धर्षणका कारण यो रकेट जल्दै पृथ्वीतिर खस्ने छ। तर, जल्न नसकेका केही टुक्राहरू पृथ्वीमा खस्ने छन्।

यो रकेट कहाँ खस्छ भनेर यकिन गरेर अनुमान गर्न सकिएको छैन। र यसले मानवीय क्षति गर्ने सम्भावना पनि न्यून रहेको वैज्ञानिकहरूले बताएका छन्।

सम्भवतः आज (शनिवार) नै यो रकेट पृथ्वीमा खसिसक्ने छ। हार्वर्ड स्मिथसोनियन सेन्टर फर एस्ट्रोफिजिक्सका खगोलविद् नाथन म्याकडोवेलले यो रकेटले मानवीय क्षति थोरै गर्ने या गर्दे नगर्ने सम्भावना रहेको बताएका छन्।

पृथ्वीमा ३० वर्ष यता पहिलो पटक यति ठुलो रकेट अनियन्त्रित भएर खस्न लागेको हो। अन्तरिक्ष अन्वेषणको होडबाजीमा अन्तरिक्ष प्रदूषण हुनेदेखि लिएर भविष्यमा यस्ता दुर्घ,टनाहरू हुने सम्भावनाहरू बढ्दै गइरहेका छन्।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

− four = four