ठाकुर र महतोले प्रधानमन्त्री ओलीलाई भने: तपाईंलाई हामी विश्वासको मत दिँदैनौँ

काठमाडौँ : जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिन नसकिने बताएका छन् । आइतबार बिहान प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेका ठाकुर र महतोले विश्वासको मत दिन नसकिने जवाफ दिएका हुन् ।

नेता महतोका अनुसार ओलीले आफूलाई विश्वासको मत दिन आग्रह गरेका थिए । तर, विश्वासको मतको आश नगर्न आफूहरुले जवाफ दिएको उनले बताए ।

‘तपाईंले हाम्रा माग पूरा पनि गर्नुभएको छैन । पार्टीमा पनि अप्ठ्यारो भएकाले हामी तपाईलाई विश्वासको मत दिँदैनौं भन्यौँ,’ महतोले भने, ‘विश्वासको मत दिँदा पार्टी फुट्छ । पार्टी किन फुटाउनु । केही माग पूरा गरेकाले हामी विपक्षमा पनि जाँदैनौ । तटस्थ बस्छौं भन्यौं ।’

आइतबार बिहानै कांग्रेस सभापति शेरबहादुर देउवासँगको छलफलपछि ओलीलाई भेटेका थिए । देउवालाई पनि आफूहरु तटस्थ बस्ने जवाफ ठाकुर र महतोले दिएका थिए ।

प्रधानमन्त्री ओलीले सोमबार विश्वासको मत लिदैंछन् । तर, जसपा तटस्थ बस्ने भएपछि ओलीले विश्वासको मत नपाउने निश्चितजस्तै भएको छ ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

4 + = nine