ओलीलाई दिएको अल्टिमेटम सकियो, खनाल नेपाल पक्षका सांसदहरुको बैठक बस्दै

काठमाडौं : नेकपा एमालेको झलनाथ खनाल माधव नेपाल पक्षले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओलीलाई दिएको अल्टिमेटम सकिएको छ । आइतबार बसेको खनाल नेपाल पक्षीय सांसदको बैठकले पार्टी एकताका लागि उनलाई अल्टिमेटम दिएको थियो ।

ओलीले सोमबार बिहान ९ बजेसम्म गत फागुन २८ गते गरेको निर्णय फिर्ता र पार्टीलाई २०७५ जेठ २ कै अवस्थामा फर्काउने प्रतिबद्धता व्यक्त भनेको थियो । तर त्यो समयमा ओलीबाट कुनै प्रतिबद्धता नआएपछि खनाल नेपाल पक्षले सांसदको बैठक बोलाएको छ ।

खनाल नेपाल पक्षका सांसदहरुले राजीनामाका विषयमा छलफल गर्न साढे ९ बजे संघीय संसद सचिवालय सिंहदरबारमा बैठक बस्दै छ । प्रधानमन्त्री ओलीले प्रतिनिधिसभामा विश्वास मत लिनुअघि उनीहरु एउटा निर्णयमा पुग्ने पक्षमा देखिन्छन् ।

विश्वासको मत लिन बोलाएको प्रतिनिधिसभा बैठक आज १ बजे बस्दै छ । यसका लागि सम्भावित कार्यसूचीमा प्रधानमन्त्रीको विश्वासको मत समेटिएको छ ।

संसद् बैठकको सुरुवातमा सभामुख सापकोटाले राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्र पढेर सुनाउनेछन् ।

त्यसपछि उनले प्रतिनिधिसभा नियमावली, २०७५ को नियम १० को उपनियम १ बमोजिम अध्यक्षता गर्ने सदस्यको मनोनयन गर्ने कार्यतालिका तय भएको छ । आजै पुनः प्रतिनिसभा अर्को बैठक बस्ने र विश्वासको मत उपर कारबाही प्रक्रिया अघि बढ्नेछ ।

प्रधानमन्त्री ओलीले विश्वासको मत लिन लागे पनि त्यसका लागि आवश्यक संख्या भने पुगेको छैन । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेस र माओवादी केन्द्रले विश्वासको मतको विपक्ष मतदान गर्ने निर्णय लिइसकेको अवस्था छ । यता जनता समाजवादी पार्टीले विश्वासको मतका सन्दर्भमा पक्ष विपक्षमा मतदान गर्न सांसदलाई स्वतन्त्र छोडेको छ । तर अध्यक्ष उपेन्द्र यादव र बाबुराम भट्टराई पक्षले विश्वासको मतको विपक्षमा मतदान गर्ने बताइसकेका छन् भने अध्यक्ष महन्थ ठाकुर पक्षले तटस्थ बस्ने नीति लिएको छ । जसले प्रधानमन्त्री ओलीले विश्वासको मत प्राप्त गर्न नसक्ने करिब निश्चित जस्तै छ ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

− one = 3