झपट रावल भन्छन: एमाले एकता सकियो, पार्टी फुटतिर गयो

काठमाडौं : नेकपा एमाले माधव नेपाल–झलनाथ खनाल पक्षका सांसद झपट रावलले पार्टी एकता सकिएको बताएका छन् । उनले अनेकौं प्रयास गर्दा पनि अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई फुटतिर लगेको उल्लेख गर्दै अब एमाले एकता सकिएको प्रतिक्रिया दिए ।


माधव पक्षले प्रधानमन्त्री समेत रहेका ओलीलाई दिएको अल्टिमेटम सकिएपछि आयोजित बैठकमा सहभागी हुने क्रममा सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै रावलले अब एमाले फुटतिर गएको बताए ।

‘लगभग पार्टी विभाजन भयो । ओलीले पार्टीलाई छिन्नभिन्न बनाएरै छाड्नु भयो। हाम्रो पत्रको जवाफ दिन पनि चाहनु भएन ।

सांसदबाट राजीनामासहितका कठोर निर्णयका लागि औपचारिक घोषणाका लागि मात्रै हामी बैठक बस्न लागेका छौं ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

÷ one = 5