नेपाल पक्षको निर्णय: बैठकमा नजाने, तत्काल राजीनामा पनि नदिने

काठमाडौं : नेकपा एमालेको माधव कुमार नेपाल पक्षले तत्काल राजीनामा नदिने निर्णय गरेको छ। सिंहदरबारमा बसेको बैठकमा केही सांसदले सांसद पदबाट राजीनामा नदिन दवाव दिएपछि तत्कालका लागि राजीनामा नदिने निर्णय भएको हो । राजीनामाको विषयमा असन्तुष्टि जनाउँदै दुई सांसदले बैठक बहिस्कार समेत गरेका थिए ।

तर आजको प्रतिनिधिसभा बैठकमा अनुपस्थित हुने निर्णय बैठकले गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको बैठकमा आफू पक्षीय सांसदहरुको सहभागीता नरहने नेता भीम रावलले जानकारी दिए ।

उनले तत्कालका लागि राजीनामा नदिने निर्णय भएको पनि बताए ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

÷ eight = 1