संविधान संशोधन हुनसक्छ– प्रधानमन्त्री ओली

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधन हुनसक्ने बताउनुभको छ । प्रतिनिधिसभाको सोमबारको बैठकमा विश्वासको मतका लागि आह्वान गर्दै उहाँले आवश्यकताका आधारमा संविधान संशोधन हुने बताउनुभयो । देश र जनताको चाहनालाई समेटेर समयानुकुल ढङ्गले संशोधन हुन सक्ने उहाँको भनाइ छ ।

प्रधानमन्त्री ओलीले अहिलेको सरकारलाई कुनै पनि पक्षमा विश्वास नगर्नुपर्ने अवस्था नरहेको बताउनुभयो । मुलुकका सार्वभौतसत्ता, राष्ट्रियता र देश विकासका लागि अहिलेको सरकारलाई विश्वास गर्नुपर्ने उहाँको भनाइ छ ।

नेपालले अन्तर्राष्ट्रिय मञ्चहरूमा गरिने भूमिकालाई हेर्ने हो भने अहिलेको सरकार अब्बल रहेको उहाँको दाबी छ । उहाँले अहिले अन्तर्राष्ट्रिय स्तरमा पनि नेपालको बारेमा बहस हुन थालेको जिकिर गर्नुभयो ।

समस्याहरूको गीत मात्र गाएर नभइ समस्याको समाधान गर्न दृढताका साथ अघि बढेको ओलीले बताउनुभयो । नेपालमा आधारभूत रुपमा संविधान मान्दिन भन्ने कुनै पनि कुरा नभएको उहाँको जिकिर छ ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

nine × = sixty three