ओलीलाई प्रचण्डको चुनौती: राष्ट्रिय समस्या तपाईं कि म बहस गरौँ

काठमान्डौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीलाई नै राष्ट्रिय समस्याको संज्ञा दिएका छन्। प्रधानमन्त्रीले विश्वासको मत लिन आयोजित संसदको विशेष अधिवेशनमा बोल्ने क्रममा प्रचण्डले यस्तो बताएका हुन्।

ओलीले एक महिनाअघि आफूलाई राष्ट्रिय समस्या भनेको कुराप्रति लक्षित गर्दै प्रचण्डले आक्रोश पोखेका हुन्। ुम हो कि तपाईं हो राष्ट्रिय समस्या बहस गरौँ। मैले तपाईंलाई प्रधानमन्त्री प्रस्ताव गरेको म राष्ट्रिय समस्या भएर होरु वाम गठबन्धन बनाउने प्रस्तावकर्ता म राष्ट्रिय समस्या होरुु, उनले अगाडि भने, ुपार्टीभित्रको कचिङ्गलका क्रममा प्रतिनिधिसभा विघटन गर्ने तपाईं अनि म राष्ट्रिय समस्या रु

प्रचण्डले पुस ५ मा प्रतिनिधिसभा विघटन गरिएको प्रसंग निकाल्दै प्रधानमन्त्रीलाई विश्वासको मत लिने अधिकार नभएको बताए। विघटन गरेको संसदमा प्रधानमन्त्रीलाई मत माग्ने नैतिक अधिकार छैनु, उनले भने, फेरि संसद विघटन गर्नुहुन्छ कि भन्‍ने डरले हामीले समर्थन रोकेर राखेको हो। प्रधानमन्त्रीले विश्वासको मत लिने कुरा पनि स्वभाविक लाग्दैन नाटकीय लाग्छ। अधिवेशन बोलाउने तरिका पनि लोकतान्त्रिक लाग्दैन।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

+ eighty six = 90