सांसदका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले भने: विश्वासको मत दिनुहोस् संसद विघटन हुँदैन

काठमान्डौं : प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई विश्वासको मत दिएर पाँच वर्षसम्म सरकार चलाउन दिन आग्रह गरेका छन्। सोमबार प्रतिनिधिसभामा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै उनले भने, ‘संविधान बनाउँदाको मर्म सम्झिनु भो। पाँच वर्ष चलाउन पाइएन भन्नु भो। ठीकै छ। पाँच वर्ष चलाऔं। विश्वासको मत दिनुस् ।

पाँच वर्ष नै चलाउन भनेरै मैले राजीनामा दिइनँ। नत्र त दुई वर्षमै राजीनामा दिइहाल्थेँ नि।’

उनले सांसदहरू विश्वासको मत नदिएर आफै संसद विघटनतिर लैजान खोजेको आरोपसमेत लगाए। ‘पाँच वर्षसम्म सरकार चलाउने संस्कार बसाल्न पनि मलाई मतदान गर्नुहोस्,’ ओलीले भने, ‘भनेकै छु त मत दिनुस् भनेर। विश्वासको मत दिनुस् संसद विघटन हुँदैन।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

− 2 = two