प्रधानमन्त्री ओलीको सरकार ढल्यो !

काठमान्डौंँ : प्रधानमन्त्री केपी शर्मा ओली पदमुक्त भएका छन् । विश्वासको मत लिने प्रस्ताव संसदबाट बहुमतले अस्वीकृत भएपछि प्रधानमन्त्री ओली स्वतः पदमुक्त भएका हुन् ।

संसदमा जम्मा उपस्थित संख्या २३२ जना रहेकोमा प्रस्तावको पक्षमा ९३ मत परेको छ । विपक्षमा १२४ मत र प्रस्तावमा मत दिन्न भन्नेमा १५ मत परेको छ।
सबभन्दा ठूलो दल एमालेका १२१ सांसद छन् । तर एमालेको माधवकुमार नेपाल पक्षका सांसदहरु बैठकमा अनुपस्थित नै भएनन् । प्रधानमन्त्री पदमा कायम रहन ओलीले १३६ मत पाउनुपर्ने थियो ।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टीको बाबुराम भट्टराई–उपेन्द्र यादव पक्ष, राष्ट्रिय जनमोर्चाले विपक्षमा मत दिएका छन् भने जसपाको महन्थ ठाकुर–राजेन्द्र महतो पक्षका सांसदहरु भने तटस्थ बसे ।
ओलीको सरकार ढलेसंगै एकपटक फेरिु राजनीतिक अस्थिरताले मुलुक कता जाला भन्ने प्रश्न उठेको छ ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

× five = forty