तीन दिनभित्र मिलिजुली सरकार गठनको दाबी गर्न राष्ट्रपतिद्वारा आह्वान

काठमान्डौं : प्रतिनिधि सभाबाट विश्वासको मत नपाएर प्रधानमन्त्री केपी शर्मा ओली पदमुक्त भएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ प्रधानमन्त्री नियुक्तिको प्रक्रिया शुरू गरेकी छन्।

सोमबार राष्ट्रपतिको कार्यालय शीतलनिवासले विज्ञप्ति प्रकाशन गर्दै प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दलहरूलाई दुई वा बढी दलको समर्थनमा बहुमतको प्रधानमन्त्री नियुक्तिका लागि दाबी पेश गर्न आह्वान गरिएको हो।

प्रतिनिधि सभामा कुनै पनि दलको बहुमत नरहेपछि संविधानको धारा ७६ (२) अनुसारको गठबन्धन बनाएर सरकार गठनका लागि आह्वान गरिएको हो। राष्ट्रपति भण्डारीले समयसीमाभित्र प्रतिनिधि सभाको बहुमत प्राप्त गर्नसक्ने आधार प्रस्तुत गर्दै दलहरूले प्रस्ताव गरेमा त्यसरी प्रस्तावित सांसदलाई प्रधानमन्त्री नियुक्त गर्नेछिन्। यसरी नियुक्त प्रधानमन्त्रीले एक महीनाभित्र प्रतिनिधि सभाबाट विश्वासको मत प्राप्त गर्नुपर्नेछ।

तर, राष्ट्रपतिले दिएको समयसीमाभित्र प्रतिनिधि सभाको कुनै पनि सदस्यले आफूले बहुमत प्राप्त गर्नसक्ने आधारसहित दाबी गर्न नसकेमा भने राष्ट्रपतिले संविधानको धारा ७६ ९३० बमोजिम नयाँ प्रधानमन्त्री नियुक्त गर्नेछिन्। संविधानको उक्त धारामा दुई वा बढी दलको समर्थनमा कुनै सांसद प्रधानमन्त्री नियुक्त हुन नसकेमा वा त्यसरी नियुक्त प्रधानमन्त्रीले विश्वासको मत पाउन नसकेमा प्रतिनिधि सभाको सबैभन्दा ठूलो दलको संसदीय दलको नेतालाई राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्नुपर्ने व्यवस्था छ।

त्यस्तो अवस्था आएमा फेरि पनि केपी शर्मा ओली नै अल्पमतको सरकारको प्रधानमन्त्री नियुक्त हुनेछन्। उनले पनि नियुक्त भएको एक महीनाभित्र प्रतिनिधि सभाको विश्वासको मत प्राप्त गर्नुपर्नेछ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

two × 4 =