बूढानीलकण्ठमा देउवा–प्रचण्डबीच भेटवार्ता जारी

काठमाडौं : कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बूढानीलकण्ठमा भेटवार्ता चलिरहेको छ ।

देउवाको निजी निवासमा उनीहरूबीच १२ः५ बजेदेखि भेटवार्ता चलिरहेको सुरक्षा स्रोतले पुष्टि गरेको छ ।

उनीहरूबीच नयाँ सरकार गठनलगायतका विषयमा छलफल केन्द्रित रहेको एक नेताले जानकारी दिए ।

राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार निर्माणका लागि तीन दिनको म्यादसहित आह्वान गरेकी छन् । जनता समाजवादी पार्टीको महन्थ ठाकुर पक्षले गठबन्धन सरकारको पक्षमा नउभिने बताइसकेको छ ।

जसपाको एउटा समूह तटस्थ बस्दा संविधानको धारा ७६९२०अनुसार सरकार बन्न कठिन छ ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

one × eight =