काठमान्डौं : प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले माधव नेपाल समूहका नेताहरु गद्दार भएको टिप्पणी गरेका छन् । एमाले पार्टी २०७५ जेठ २ को अवस्थामा फर्किन नसक्ने उल्लेख गर्दै उनले नेपाल समूहका नेताहरुलाई आफ्नै सरकार ढालेर देउवाको पाउमा लम्पसार पर्ने गद्दार भनेका हुन् ।
उनले भनेका छन्, ‘आफ्नो सरकार ढालेर देउवाको पाउमा लम्पसार पर्नेहरूको गद्दरी क्षम्य हुन सक्दैन । नेता जन्माउने, बनाउने पार्टी र जनताले हो । महान शुद्धीकरण र सुदृढीकरणको प्रक्रियामा अघि बढौं । सुकेका पात झर्छन् चिन्ता नगरौं ।
Facebook Comments Box