विवाह भोजमा गएपछि कोरोना संक्रमण, एकै घरका तीन जना संक्रमितको गयो ज्यान

बलेवा : बागलुङको बडिगाड गाउँपालिका–४ मा एकैघरका तीन जनाको को,रोना सङ्क्र,मणबाट मृ,त्यु भएको छ। उनीहरूको एक हप्ताभित्रै मृ,त्यु भएको हो। बडिगाड–४ को जलजलामा दुई हप्ताअघि विवाहभोज खाएकाहरू नै सङ्क्र,मित भएका थिए। मृ,त्यु हुनेमा पनि वि,वाहभो,जमा गएका नै रहेको स्थानीयवासीले बताएका छन्।

स्वास्थ्य कार्यालयका अनुसार मृ,त्यु हुनेमा एकै घरका ८७ वर्षीय बाबु, ५१ वर्षीय र ४० वर्षीय दुई छोरा रहेका छन्। उनीहरूमध्ये ८७ वर्षीय बाबु र ४० वर्षीय छोराको धवलागिरि अस्प,ताल बागलुङ र ५१ वर्षीय छोराको मणिपाल शिक्षण अस्प,ताल पोखरामा मृ,त्यु भएको स्वास्थ्य कार्यालय बागलुङका कोभिड फोकल पर्सन देवप्रकाश घिमिरेले बताए।

एक हप्ताअघि हेलिकोप्टरबाट पोखरा उपचारका लागि लगिएका बडिगाडकै अर्का ४० वर्षीय एक पुरुषको पनि मृ,त्यु भएको छ। यस घट,नापछि बडिगाडमा सन्त्रास छाएको छ। अधिकांश मानिस डराएका छन्। गाउँपालिकाको स्वास्थ्य शाखाले कम्तीमा १५ दिन घरभित्रै बसिदिन आग्रह गरेको छ। प्रशासनले भने जेठ १५ सम्मका लागि बागलुङ जिल्लाभर निषे,धाज्ञा लगाएको छ। रासस

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

+ 87 = eighty eight