भारतमा कोरोना: मृ,त्युको मुखमा पुगेकी आमालाई छोराले सुनाए गीत, अनि गयो सास

काठमान्डौं : भारतको पश्चिम बंगालको राजधानी कोलकाताका एक चिकित्सकको मार्मिक थ्रेडपोस्ट ट्विटरमा भाइ,रल भएको छ । पोस्टमा एक महिला को,रोनाको उप,चारका लागि अस्पता,लको शय्यामा बसेको र चिकित्सकहरूले हार मानेको कुरा छ । छोरोले आमा बाँच्दिनन् भनेर गीत गाएको कुरा पनि छ ।

अपोलो ग्लेनीगल्समा क्रिटिकल केयरकी चिकित्सक डा दीपशिखा घोषले अस्पतालमा भर्ना भएका रोगीलाई परिवारसँग सम्पर्क गराउन भिडियो कल गराउने गरेको बताइन् । एक्लै कोरो,नाविरुद्धको लडाइँ लडिरहेका रोगीलाई भिडियो कलमा आफन्तसँग कुरा गर्न पाउँदा हौसला प्राप्त हुने गरेको छ ।

बुधवार उनले त्यस्तै एक भिडियो कल गराइन् ।

डा दीपशिखाका अनुसार, ४७ वर्षीया महिलाले २५ वर्षीय छोरोसँग भिडियो कल गरिन् । छोराले आमाको हालखबर सोधे । त्यसपछि छोराले किशोर कुमारको गीत तेरा मुझ से है पहले का नाता कोही भन्ने गीत गाए । गीत गाउँदा गाउँदै उनको गला अवरुद्ध भयो । रोकिएर उनले गीत जारी राखे ।

ट्विटरमा पोस्ट गरिएको थ्रेडमा उक्त मार्मिक क्षणको विवरण छ ।

डा घोषले भिडियो कलमा छोरोले गीत गाउँदा आमाछोरा दुवैलाई पालैपिलो हेरिन् । कल सकिएपछि महिलाले चिकित्सकलाई अँगालो हालिन् ।

पछि संघमित्रा चटर्जी नामक ती महिलाको मृ,त्यु भयो । उनका छोरा सोहम चटर्जीले आमाका लागि गीत गाएको क्षणले अस्प,तालमा सबैलाई भावुक बनायो ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

nine × one =