खनाल–नेपाल समूहका शीर्ष नेताहरू छलफलमा, केन्द्रीय सदस्यहरूसँग भर्चुअल बैठक

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीसँग कार्यदल बनाएर विवाद साँघुर्याउने समझदारी गरेपछि शुक्रबार नेता माधवकुमार नेपाल समूहको शीर्ष नेताहरू छलफलमा जुटेका छन् । हिजो प्रधानमन्त्री केपी शर्मा ओलीसँग चार घण्टा गरेको छलफलको निचोड सुनाउन र भावी रणनीति तय गर्न उनीहरू छलफलमा जुटेका छन् । भर्चुअल छलफल अहिले पनि जारी छ । कुराकानीमा स्थायी कमिटी तहका नेताहरू छन् ।

प्रधानमन्त्री ओलीसँग अन्तिममा सहमति गरेको भन्दै खनाल–नेपाल समूहका आक्रोश पनि बढेको छ । केन्द्रीय सदस्य राजेन्द्र राईले राजीनामाको हल्ला चलाएर पछि खुट्टा छाडेको भन्दै आक्रोश पनि पोखे ।

खनाल–नेपाल समूहले दिउँसो २ बजे केन्द्रीय सदस्यहरूलाई पनि जानकारी गराउने भएको छ ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

eighty − seventy five =