नेपाली सेनालाई शव व्यवस्थापन गर्न हम्मेहम्मे

काठमान्डौं : को,रोना संक्र,मणबाट मृ,त्यु हुनेको संख्या दिन प्रतिदिन बढ्दै गएपछि शव व्यवस्थापनमा नेपाली सेनालाई हम्मेहम्मे परेको छ । पछिल्ला दिनमा दैनिक एक सयभन्दा बढी शवको व्यवस्थापन गर्दै आएको सेनाले अहिलेसम्म ४ हजार ८ सयभन्दा बढी श,वको व्यवस्थापन गरिसकेको छ ।

मृ,त्यु हुनेमध्ये ५० प्रतिशत काठमाडौं उपत्यकामा छन् ।

नेपाली सेनाले रात दिन गरेर शवको व्यवस्थापन गर्दै आएको प्रवक्ता शन्तोषबल्लभ पौडेलले बताए । ‘दिनप्रतिदिन मृ,तकको संख्या बढिरहेको छ । हामीले श,व व्यवस्थापनमा थोरै समय पनि ढिलाइ गर्‍यौं भने थप समस्या आउँछ । सेना जतिसक्दो चाँडो शवको व्यवस्थापनतिर ध्यान केन्द्रित छ’, प्रवक्ता पौडेलले भने ।

सेनालाई श,व व्यवस्थापनको चुनौती काठमाडौं उपत्यकामा छ । काठमाडौं उपत्यकाका तिनै जिल्लामा विभिन्न टोली बनाएर शवको व्यवस्थापन गर्ने काम भइरहेको उनको भनाइ छ ।

पशुपति आर्य,घाटको विद्युतीय श,वदा,ह बिग्रिएपछि सेनाले यतिबेला बाग्मती किनारमै श,व जलाउने काम गर्दै आएको छ । ‘एकातिर मृत,कको संख्या दिनप्रतिदिन बढिरहेको छ, अर्कोतिर मेसिन बिग्रिएपछि हामीले बाहिरै अन्त्येष्टी गर्न थालेका छौं’, प्रवक्ता पौडेलले भने ।

काठमाडौंमा दिनभरमा श,वको व्यवस्थापन गर्न नसकिएपछि रातमा पनि हुँदै आएको छ । ‘दिनभर नसकेको शव रातभर लगाएर सक्नैपर्छ नत्र, अर्को दिनलाई फेरि थुपारिन्छ । हामीले सीमित स्रोत साधनका बावजुद शवको व्यवस्थापन गर्दै आएका छौं’, पौडेलले भने ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

seventy three − = 68