ओली र नेपाल पक्षका नेताहरु आज साँझ छलफल गर्दै

काठमाडौं : चरम विवादको चुलीबाट एकाएक संवादको दिशामा अग्रसर भएको नेकपा एमालेको समस्या हल गर्न आज साँझ दुबै पक्षको उच्चस्तरीय वार्ता हुने भएको छ । प्रधानमन्त्री केपी ओलीलाई विश्वासको मत नदिएर संसद्मा अनुपस्थित रहेको माधवकुमार नेपाल समूहसँग हिजो हिजो नाटकीय रुपमा संवादको थालनी भएको थियो ।

हिजो ओली र नेपालबीच भएको सहमतिलाई मूर्तता दिने उद्येश्यले आजै दुबै पक्षका नेताहरु छलफलमा जुट्ने बताइएको छ । कोटेश्वर निकट स्रोतका अनुसार, कहाँ बस्ने भन्ने टुंगो नलागेपनि साँझ नेताहरुबीच भेट हुने चाहिं तय भएको छ ।

साँझ ६ बजे संभवतः पार्टीको नयाँ कार्यालयमा नै छलफल हुने संभावना रहेको उनले बताए । छलफलमा प्रधानमन्त्री ओलीका पक्षबाट ओलीसँगै विष्णु पौडेल, सुभाषचन्द्र नेम्बा र शंकर पोखरेल बस्ने छन् भने नेपाल पक्षबाट नेपालका साथै भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भूषाल बस्ने बुझिएको छ ।

यसैबीच नेता नेपालले आफू पक्षीय नेताहरुलाई हिजो ओलीसँग भएको सहमतिबारे छलफल गरेका थिए । आजै उनले जुममार्फत नेताहरुसँग छलफल गरेका थिए ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

÷ 2 = four