तराईमा रोकिएन बिहेभोज र डिजे डान्स, घरघरमा पुग्दैछ कोरोना

वीरगंज : पर्साको सदरमुकाम वीरगंजबाट करिब १२ किलोमिटर पश्चिम–दक्षिणमा पकहामैनपुर गाउँपालिकाको वडा नं १ मा धोरे गाउँ पर्दछ। वैशाख २९ गते सोही टोलका एक जना ३२ वर्षीय पुरुषको को,रोना संक्र,मण मृ,त्यु भइसकेको छ। निजकै परिवारमा बालिबालिकासहित ३५ जनाको परिवार छ। अधिकांशलाई ज्वरो, रुघाखोकी जिउ दुख्ने समस्या छ। घरका परिवारका १२ जनाले पीसीआर परीक्षण गराउँदा ६ जनामा को,रोना संक्र,मण पुष्टि भएको छ।

सहरबाट अहिले ग्रामिण भेगमा को,रोना संक्र,मण पुष्टि क्रम शुरु भएको छ। पर्साको पश्चिमी क्षेत्र जगरनाथपुर गाउँपालिकामा पनि यसअघि नै वडा नं ५ को चिल्झप्टीमा समुदाय स्तरमा कोरोना संक्रमण पुष्टि भइसकेको छ। कहीँ न कहीँ गाउँमा कोरो,ना संक्र,मण फैलिनुमा तामझाम र भीडभाडका बिच हुने वैवाहिक कार्यक्रम र भोजभतेर कारक बन्ने गरेको छ।

धोरोका मृ,तक ३२ वर्षीय पुरुष पनि गाउँमै एक जनाको भोजमा सहभागी भएको पारिवारिक सदस्यबाट थाहा हुन आएको छ। यस्तै अहिले हरेक गाउँमा दैनिक २र३ वटा विवाहको जन्ती र भोज खाने खुवाउने काम भइरहेको गाउँले बताँछन्। वैशाख ७ गतेदेखि विवाहको कार्यक्रम जारी छ।

तराईमा विशेषगरी राति जन्ती जाने चलन छ। सयौंको भीडभाड लिएर जन्ती जाने क्रममा कतिपयले मास्क समेत लगाएका हुँदैनन्। डिजे बजाएर गाउँ परिक्रममा गरिन्छ, त्यसपछि बेहुलीको घरमा गएर द्वार पूजा, पारछावन ९बेहुलाको पुजाई०, स्वयंवर, कनिया निरीक्षण र विवाह हुने गरेको छ। रातिको ५ घण्टाको अवधिमा नास्ता, खाना र पान सुपारी, चिसो पेयपदार्थ र पानी पनि खुवाइन्छ।

यसरी केटी पक्षले विवाह गरेको अवसरमा गाउँका आफ्नो समुदायलाई भात खुवाउने चलन पनि हुन्छ। केटाले जन्ती लानुभन्दा अघि नै भोज खुवाउँछन्। यसरी एउटा विवाहमा हजारौ जनाको भीडभाड हुने र विवाह हुने घरमा दर्जनौ आफन्तजनका घरबाट पाहुना आएर दुईरचार दिन बास बस्छन्।

यस्तो अवस्थामा तराईमा विवाहको कार्यक्रम तथा भोजको कार्यक्रमलाई रोक्न प्रहरी प्रशासन निरीह देखिन्छ। पर्साका एक प्र,हरी अधिकृतले भने, ‘हरेक गाउँमा विवाहका कार्यक्रम छन्, पोहोर पनि विवाह हुन सकेको थिएन, यसपालि कति सूचना प्रसारित गर्दा पनि मानेका छैनन्, रोक्यो भने प्रह,रीसँगै गाउँले झगडा गर्न आउँछन्। के गर्ने ? समाजिक दुरी र १५ जनाको भीडभाडमा विवाह गर्न भनेका छौं, तर पालना भएको छैन।’

चिकित्सकहरुले विवाह तथा भोजका कार्यक्रम ठप्पै रोक्नुपर्ने सुझाव दिन्छन्। नारायणी अस्प,तालका चिकित्सक डा। उदयनारायण सिंहले विवाह र दाहसंस्कारको भोजलाई अंकुश लगाउन स्थानीय प्रशासन रणनीति बनाएर लाग्नु पर्ने धारणा राख्छन्।

विभिन्न भीडभाड हुने कार्यक्रमले पनि ग्रामिण भेगमा सं,क्र,मणदर उच्च पारेको उनको निष्कर्ष छ। उनले पछिल्लो समय मृ,त्यु हुने संक्र,मितहरु पनि शहरभन्दा टाढाको पालिकाबाट हुने गरेकोले ग्रामिण भेगमा फैलिने संक्रमणको चेन ब्रेक गर्न स्थानीय जनप्रतिनिधिले पनि यस्तो कार्यक्रमलाई प्रतिबन्ध लगाउनु पर्ने सुझाव दिए।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

− six = 3