खुसीकाे खबर: ६०० थान सिलिण्डर लिन ओमान उड्यो नेपाल एयरलाइन्सको विमान

काठमाडौं : गैरआवासीय नेपाली संघको सहयोग र नेपाली दूतावास ओमानको सहकार्यमा सहयोग स्वरुप प्राप्तहुने करिव ६०० थान अक्सिजन सिलिन्डर लिन नेपाल एयरलाइन्सको विमान ओमान उडेको छ ।

शनिबार ओमानको राजधानी मस्कटको लागि विमानले उडान गरेको नेपाल एयरलाइन्सका महाप्रवन्धक डिम प्रकाश पौडेलले जानकारी दिए ।

बिहान साढे ७ बजे उडेको उक्त विमान शनिबार दिउँसो २:४० मा नेपाल अवतरण हुने छ र शनिबार साँझ नै चीनको बेईजिङमाको लागि उडान भर्ने छ । बेइजिङमा करिब ४०० थान अक्सिजन कन्सर्नटेटर, ४०० थान सिलिन्डर र अन्य चिकित्सा सामग्री लिनको लागि विमान पठाउन लागिएको पौडेलले जानकारी दिए ।

त्यसपछि हरेक दिन ५५० थान सिलिन्डर उत्पादन हुने भएकोले हरेक दिन नै ए ३३० विमान बेइजिङ पठाउने तयारी एयरलाइन्सले गरेको छ । त्यहाँको सिलिण्‍डर उत्पादनको अवस्थालाई हेरेर कतिदिन उडान भर्ने भन्ने यकिन हुने नेपाल एयरलाइन्सले जनाएको छ । जहाज राति ११ बजे बेइजिङ उड्ने एयरलाइन्सले जनाएको छ ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

9 + one =