ए अन्धो सरकार ! छिटो अक्सिजन, आईसीयू र खोपको व्यवस्था गर: देउवा

काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले को,रोना महा,मारी रोकथामका लागि तत्काल अक्सिजन, आईसीयू बेड र खोपको व्यवस्था गर्न सरकारलाई आग्रह गरेका छन् ।

शुक्रबार विज्ञप्ति जारी गरी उनले को,रोना महा,मारीले उग्र रुप लिएको भन्दै यस्तो बेलामा गम्भीर र जिम्मेवार बन्न आग्रह गरेका हुन् ।

‘म सरकारसँग भविष्यमा आउन सक्ने जटिल परिस्थितिलाई मध्यनजर गरी सबै जिल्लामा अक्सिजन प्लान्ट र पीसीआर परिक्षण प्रयोगशाला स्थापना गर्न र तत्कालका लागि आवश्यक अक्सिजन, आईसीयू बेड, खोपलगायतका औषधीको व्यवस्था गर्न माग गर्दछु’ उनले भनेका छन् ।

देउवाले अहिलेको विषम अवस्थामा नेपाललाई सहयोग गरिदिन मित्रराष्ट्र र अन्तर्राष्ट्रिय संघ, संस्थाहरुलाई अपिल गरेका छन् । उनले सर्वसाधारणलाई स्वास्थ्यका मापदण्ड अपनाउन, आफ र आफ्नो परिवारलाई सुरक्षित राख्न आग्रह गरेका छन् ।

देउवाले कांग्रेस कार्यकर्तालाई स्वास्थ सुरक्षाका मापदण्ड अपनाउँदै संकटमा परेकालाई सक्दो सहयोग गर्न अपील गरेका छन् ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

+ thirteen = 18