प्रधानमन्त्री ज्यु, पार्टी ब’च्यो पद बच्यो अब आउनुहोस जनता बचाऔं: रबि लामिछाने

काठमान्डौं : रबि लामिछाने – सम्माननिय प्रधानमन्त्री श्री के पी ओली ज्यु, जनमैत्री अस्पतालको प्रा’ङ्गणबाट नमस्कार। यहाँ मात्र होइन हरेक अस्पतालमा बिरामीहरुको अवस्था पीडा भान्दापनि पिडादायी छ। आज तपाईं पुनः प्रधानमन्त्रीको हैसियतमा सपथ लिदै हुनुहुदो रहेछ।

सायद राजनीतिक लडाइ अब अलि म’त्थर पनि भयो होला। आज बाट कृपया कोभिडमा मात्र फोकस भैदिनुहुन म यो देशका त’माम बि’रामी र तिनका आफन्तकोतर्फबाट दश औला जोडि, तपाईंको पाउ नै समातेर नम्र निवेदन गर्द्छु। तपाईं अस्पताल पर्दा तपाईंले बेड, अक्सिजन, रगत वा किड्नी नपाएको भए के हुन्थ्यो होलारु अहिले जनताको हालत त्यो भन्दा कम ख’राब छैन।

नपत्याए, सपथ पछि कुनै पनि अस्पतालको भ्रमण गर्नु होला। यति बेला तपाईं जनताको आ’शुको आ’हालसँगै सपथ ग्रहण गर्दै हुनु हुन्छ। यो परिस्थितिका लागि तपाईलाई मात्रै दो’ष दिएको होइन, यो स्थिति आउनुमा तपाई, म र अरु धेरै जना, किसिम किसिमले दो’षी छौ।

एउटा सामान्य ब्यक्तिले जति गर्न सक्छ, म त्यो सबै गर्न तयार छु। के तपाई पनि तयार होरु पार्टी ब’च्यो, पद बच्यो। अब आउनुहोस् जनता बचाऔं। अब यसपछि पनि केही समयका लागि तपाई वा तपाईंका कुनै नेता,मन्त्रीहरूको प्राथमिकता को’भिड भन्दा अर्को केही हो भने तपाईलाई र त्यो जो कोहि लाई पनि धेरै जनाबाट, कम्तीमा पनि म बाट चाहिँ ख’तरा छ।

ज्या,नको होईन है, अ’पब्याख्याको क’ष्ट नगर्नु होला, ब्या’ख्या गर्दै गरौंला। यो ध’म्की।। दिन खोजेको होइन, दिएकै हो। तपाईका वैतनिक अ’वैतनिक सेना हरु सँग ल’डेको त कति भो कति, ७ जुनी ड’राउन्न। ड’राउने र हिसाब दिने भगवानलाई हो, कुनै पार्टिका ल’ठैतलाई होइन ।

यस अघि तपाईंले सपथ लिदा भगवानको नाममा सपथ लिनु भएको थिएन। तर आज चाहि कृपया देश र जनतासँगै भगवानको नाममा पनि सपथ लि’इदिनु होला। मलाई लाग्छ, यो म’हामारीमा अहिलेसम्म यो देश र यस देशका जनता लाई भगवानको बाहेक कसैको भ’रोसा छैन। तपाईको कार्यकाल असल रहोस्।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

thirty five − 32 =