डब्ल्यूएचओ भन्छ–‘कोरोनाका दृष्टिकोणले २०२१ बढी प्राणघातक’

जेनेभा– विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले भारतमा को,रोनाले मच्चाइको विध्वंशप्रति चिन्ता व्यक्त गरेको छ । सञ्चार माध्यमसंग कुराकानी गर्दै डब्ल्यूएचओका प्रमुख टेड्रोस अदनोभ घेब्रेयियसले भारतमा कोरोनाको स्थिति निकै चिन्ताजनक भएको बताएका छन् । उनले सम्पूर्ण विश्वकै लागि यो महामारीको दोस्रो लहर प्रा,णघा,तक सावित भैरहेको बताएका छन् ।

डब्ल्यूएचओका प्रमुखले भारतमा को,रोनाको स्थिति निकै खराब रहेको तथा विभिन्न राज्यमा संक्र,मितहरुको संख्या बढिरहेको तथा अस्पता,लमा बिरा,मीहरुका साथै मृ,त,कहरुको संख्या समेत बढिरहेको उल्लेख गरे ।

डब्ल्यूएचओको तर्फबाट के भनिएको छ भने उसले भारतको को,रोनाको स्थितिलाई निकै नजिकबाट नियालिरहेको छ र हरेक अत्यावश्यक सहयोगहरु समयमै पुर्‍याइएको छ ।

भनिन्छ, डब्ल्यूएचओको सहयोगले भारतमा थुप्रै अक्सिजन कन्सन्ट्रेटर पठाइएको छ भने मास्क तथा अन्य मेडिकल उपकरणहरु पनि पठाइरहिएको छ ।

यतिबेला भारतमात्र होइन, नेपालसहित विश्वका विभिन्न देशहरु कोरोनाको दोस्रो लहरका पीडित छन् ।

डब्ल्यूएचओका प्रमुखको तर्फबाट उनले भारतबाहेक नेपाल, श्रीलंका, भियतनाम, कम्बोडिया, थाइल्याण्ड तथा इजिप्तमा पनि को,रोनाको संक्र,मण तिब्र गतिमा फैलिरहेको देखिएको बताएका छन् ।

अफ्रीकामा पनि स्थिति चिन्ताजनक छ ।

यस्तो अवस्था यी सबै देशहरुलाई उचित सहयोग गरिने डब्ल्यूएचओले बताएको छ ।

डब्ल्यूएचओका प्रमुखले म,हामा,रीको यो दोस्रो वर्ष अझ बढी घातक सावित भैरहेकोमा चिन्ता व्यक्त गरेका छन् ।

उनका अनुसार जति पनि निधनहरु गत वर्ष भएका थिए, यो वर्षको स्थिति अझ खराब हुने देखिएको छ ।

को,रोनाविरु,द्धको खोपका सम्बन्धमा पनि डब्ल्यूएचओका प्रमुखले खोपलाई विश्वभरी सप्लाइ गर्नु एउटा ठूलो चूनौती भएको स्विकारेका छन् ।

बढ्दो संक्र,मणका बीच जीवन तथा आजीविका दुबैलाई बचाउनु आजको आवश्यकता भएको उनले बताएका छन् ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

ten ÷ = five