पूर्वराजा ज्ञानेन्द्रद्वारा आफ्नो उपचारमा खटिने डाक्टर नर्सप्रति आभार व्यक्त !

काठमान्डौं : पूर्वराजा ज्ञानेन्द्र शाहले आफूहरुको उप,चारमा खटिने स्वास्थ्यकर्मीलाई आभार व्यक्त गरेका छन्। थापाथलीस्थित नर्भिक हस्पि,टलमा १९ दिन लामो उपचारपछि कोरोना संक्र,मणमुक्त भई शाह वुधबार राति ८ बजे डिस्चार्ज भएका थिए।

पूर्वराजा शाहले को,रोनाको वैश्विक महा,मा,रीका कारण आफूहरु नर्भिक अस्प,तालमा रहँदा हरदम सेवामा जुट्ने डाक्टर, नर्स तथा हमेशा मनोवल उच्च राख्न हौसला दिने अन्य सहयोगी व्यक्ति र देशविदेशमा रहेका शुभचिन्तकप्रति आभार प्रकट गरेका हुन् ।

यसैगरी पूर्वराजपरिवारका सदस्यहरु स्वस्थ भई डिस्चार्ज भइसकेपछि नर्भिक अस्पतालका अध्यक्ष बसन्त चौधरीले पनि एक ट्वीट गर्दै खुशी व्यक्त गरेका छन्। पूर्वराजा शाह, पूर्वरानी कोमल शाह र पूर्वअधिराजकुमारी प्रेरणा शाह को,रोना संक्र,मण भई उपचारका लागि नर्भिकमा भर्ना भएका थिए।

पूर्वराजा र अधिराजकुमारीको सामान्य अवस्थामै उप,चारलाई जारी राखिएको थियो भने पूर्वरानीको अवस्था भने निकै जटिल बनेको थियो। उनलाई हाइफ्लो अक्सिजनको सपोर्टसहित केही दिन आइसियूमा राख्नु परेको थियो।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

nine × one =