कालिकोटमा आइसोलेसन नपाउदा घरमै छटपटिन्छन् संक्रमित

कालीकोट : खाँडाचक्र–६ का ३५ वर्षीय दिनेश शाही ११ दिनदेखिको ज्व,रोले थलिएपछि आफन्तले उपचारका लागि दाहा स्वास्थ्यचौकी पुर्‍याए । एन्टिजेन विधिबाट उनको स्वास्थ्य परीक्षण गराउँदा को,रोना संक्र,मण पुष्टि भयो । तर स्वास्थ्यकर्मीले होम आइसोलेसनमा बस्न सुझाएपछि उनलाई घर फर्काइयो । होम आइसोलेसनमा बस्दा सास फेर्न गाह्रो भएपछि उनी चार दिनदेखि जिल्ला अस्प,तालको आइ,सोलेसनमा भर्ना भएका छन् ।

सदरमुकाम बाहिरका को,रोना संक्र,मितले भने सहज उपचार पाउन सकेका छैनन् । दुई सातअघि शुभकालिका–८ का ६४ वर्षीय देउरामे महताराले उपचार अभावमै घरमै ज्या,न गुमाए । होम आइसोलेसनमा बसेको अवस्थामा श्वासप्रश्वासमा समस्या भएपछि उनको उपचार अभावमै ज्या,न गएको हो । कठिन भौगोलिक बनावट भएको कालीकोटमा जिल्ला अस्पतालमा मात्र चिकित्सकसहितको आइसोलेसन स्थापना गरिएको छ । वैशाख १५ गतेयता लगातार पानी परेकाले अधिकांश ग्रामीण सडक अवरुद्ध भएपछि संक्र,मितलाई सदरमुकाम पुर्‍याउन समस्या भएको छ ।

अहिले मान्मस्थित को,भिड अस्प,तालमा २० जनाको उपचार भइरहेको छ । स्थानीय तहले स्थापना गरेका आइसोलेसनमा ४४ जना छन् । वैशाखमा मात्रै ४ सय ४४ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य सेवा कार्यालयले जनाएको छ । तीमध्ये २ सय ५८ सक्रिय संक्रमित रहेको कार्यालयकी सूचना अधिकारी गौराकुमारी घर्तीमगरले बताइन् । २५ बालबालिकामा संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा २९ नयाँ संक्रमित थपिएका छन् ।

जिल्लामा पीसीआर मेसिन नहुँदा एन्टिजेन किटकै भरमा कोरोना परीक्षण भइरहेको स्वास्थ्यकर्मी बुद्धिप्रसाद बरालले बताए । ‘घरमा बसेका संक्रमितका कारण समुदायमा संक्रमण फैलिरहेको छ,’ उनले भने, ‘संक्रमितले घरधन्दा गर्दा र सामाजिक दूरीको ख्याल नगर्दा संक्रमण बढिरहेको हो ।

संक्र,मित बढे पनि अक्सिजनको अभाव हुँदा आइसोलेसनमा भर्ना गरिएका संक्र,मितको उपचारमा समस्या भएको निमित्त स्वास्थ्य व्यवस्थापक कटकबहादुर महतले बताए । अहिले जिल्ला अस्पतालमा दैनिक ८ अक्सिजन सिलिन्डर आवश्यक छ । तर शुक्रबारसम्म दुईवटा मात्र मौज्दात छ । ‘अक्सिजन अभावकै कारण शुक्रबार दुईजना जटिल अवस्थाका बिरामीलाई जुम्ला रेफर गरिएको छ,’ उनले भने, ‘अब त संक्रमितलाई भर्ना नै लिन समस्या भयो ।’ उनले जनशक्ति, उपकरण र औषधि अभावमा जटिल समस्या भएका संक्रमितलाई जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाउनुको विकल्प नभएको बताए । ३० वटा अक्सिजन सिलिन्डर भर्न नेपालगन्ज पठाए पनि फिर्ता नआउँदा संक्रमितको उपचारमा समस्या भएको निमित्त स्वास्थ्य व्यवस्थापक महतले बताए ।

उनका अनुसार मान्ममा भर्ना भएका ९ जनालाई अक्सिजन दिनुपर्ने अवस्था छ । लितागुफा नगरपालिकाको राचुली आइसोलेसनमा १४, रास्कोटमा ११, नरहरिनाथमा २, पलातामा २ र महाबैमा ३ वटा मात्र अक्सिजन सिलिन्डर मौज्दात रहेको स्वास्थ्य सेवा कार्यालयले जनाएको छ ।

बिरामी बोक्न नगरको गाडी

लितागुफा नगरप्रमुख रतनबहादुर शाहीले कोरोना संक्रमितलाई ओसारपसार गर्न आफूले चढ्दै आएको गाडी प्रयोगमा ल्याएका छन् । नगरको एम्बुलेन्सले मात्र बिरामी ओसारपसार गर्न समस्या भएपछि नगरप्रमुख चढ्ने गाडी प्रयोगमा ल्याइएको हो । चालक नभएको बेला उनी आफै गाडी चलाएर अस्पताल पुग्ने गरेको शाहीले बताए । पलाता गाउँपालिकाले पनि ३ वटा जिप कोरोना विपद्मा प्रयोग गर्ने निर्णय गरेको छ ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

nine × = 81