कोरोना महामारीबीच रातो मच्छिन्द्रनाथको रथ आज तानिँदै

काठमान्डौं : वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको रथ आज तानिने भएको छ। हरेक वर्ष रथारोहण गरिएको चार दिनमा रथ तान्ने चलन अनुसार शनिबार अपराह्न तानिँदै छ।

पुल्चोकको दमकलचोकस्थित जोगाम्बर पीठबाट लगभग १५ देखि २५ मिटर परसम्म मात्रै रथ तानेर विधि पुर्‍याइने ज्यापू समाजका अध्यक्ष चन्द्र महर्जनले बताए।

साङ्केतिक रुपमा रथ बिहानको नित्य पूजा पछि हल्लाइने र अपराह्न तानिने मच्छिन्द्रनाथ गुठीसँग सम्बन्धित ज्योतिषी दैवज्ञ कीर्तिकिरण जोशीले बताए ।

ललितपुर महानगरपालिकाले उपलब्ध गराएको स्वास्थ्य सामग्री प्रयोग गरी सामाजिक दूरी कायम गराएर केही पर रथ तानिने पानेजु नरेन्द्र शाक्यले बताए । मुलुकमा पहिलो लहरको कोरोना महामारी आउनुपूर्वको वर्ष आजका दिनमा लोकेश्वरको रथ तानेर गाःबहाल लगिने गरिन्थ्यो ।

गत बुधबार वैशाख शुक्ल पक्ष प्रतिपदाका दिन साँझ ६ बजेर १७ मिनेटमा करुणामयलाई रथारोहण गराइएको थियो भने वैशाख १५ गते चैतकृष्ण प्रतिपदाका दिन रक्ताललोकितेश्वरलाई लगनखेल चोकस्थित मन्दिरमा महास्नान गराइएको थियो ।

यसैबीच ललितपुर जिल्ला प्रशासन कार्यालयले पाँच जनाभन्दा बढी भेला हुन नपाइने गरी निषेधित क्षेत्र तोकेको छ।

शुक्रबार ललितपुर महानगरपालिका क्षेत्रभित्रका केही ठाउँमा पाँच जनाभन्दा बढी भेला हुन नपाइने आदेश भएको हो। सो आदेश निमित्त प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले दिएका हुन्।

शनिबार बिहान ६ बजेदेखि बुधबार राति १० बजेसम्मको लागि सो आदेश जारी भएको हो। रातो मच्छिन्द्रनाथको रथ यात्रामा हुन सक्ने हुलदंगा वा अशान्तिलाई मध्यनजरमा राख्दै प्रशासनले निषेधित क्षेत्र तोकेको हो।

आदेशको उल्लंघन गरेमा कानूनबमोजिम कारबाही गर्ने चेतावनी समेत प्रशासनले दिएको छ।

यस वर्षको रातो मच्छिन्द्रनाथको रथ यात्रालाई स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरेर न्यून संख्यामा उपस्थित भइ रथारोहण गर्न लागेको हो। प्रशासनले विभिन्न सरोकारवालाहरूसँग छलफल गरेर जेठ १ गते प्रतिकात्मक रूपमा रथ तानेर रातो मच्छिन्द्रनाथको रथयात्रा सम्पन्न गर्ने र खटमा राखेर बुङ्गमती पुर्‍याउने निर्णय गरेको थियो।

निषेधित क्षेत्र तोकिएको स्थानस्

श्री रातो मच्छिन्द्र नाथको रथ रहेको आसपास क्षेत्र
पूर्व: मदन स्मारक स्कुल अगाडिको चोक,
पश्चिमट: श्री रातो मच्छिन्द्रनाथको रथ रहेको पश्चिम तर्फको बारुण यन्त्र रहेको स्थान
दक्षिण: सेन्ट जेभियर्स स्कुल अगाडीको चोक ९अल्का मोड०
उत्तरस् लविम मल पश्चिमपट्टीको सडक
श्री मिन नाथको रथ रहेको आसपास क्षेत्र
पूर्व( गणेशस्थान मन्दिर
पश्चिम: टबहाल चोक
दक्षिण: ईति चोक
उत्तर: टंगल र चक्रवहिली गल्ली

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

÷ one = nine