आज गण्डकीमा थपिए ७७० संक्रमित, १४ जनाको मृ,त्यु

पोखरा : गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा ७७० जना को,रोना संक्र,मित थपिएका छन्। प्रदेश जनस्वास्थ्य निर्देशनालयका अनुसार पछिल्लो २४ घण्टामा गरिएको पीसीआर र एण्टिजेन परीक्षणअनुसार उक्त संख्या थपिएको हो।

प्रदेश जनस्वास्थ्य निर्देशक डा। विनोद विन्दु शर्माले पछिल्लो समयमा १४ जना संक्र,मितले ज्या,न गुमाएको जानकारी दिए।

उनका अनुसार ज्यान गुमाउनेमा कास्कीका मात्रै ६ जना छन्। यसैगरी पर्वतका ३ र स्याङ्जाका २ जना संक्र,मितले ज्या,न गुमाएका छन्। तनहूँ, गोरखा र म्याग्दीका पनि १र१ जनाले कोरोनाका कारण ज्या,न गुमाएका छन्।

यस्तै प्रदेशमा थपिने संक्र,मितमा सबैभन्दा धेरै म्याग्दीका छन्। डा। शर्माका अनुसार म्याग्दीमा मात्रै पछिल्लो पटक २३० जना संक्र,मित थपिएका छन्। यसैगरी कास्कीमा १६८, नवलपरासी पूर्वमा १७४, वागलुङमा ७९, तनहूँमा ५८, गोरखामा ४९, स्याङजामा २१ र पर्वतमा १८ जना छन्।

पछिल्लो जानकारी अनुसार मनाङ, मुस्ताङ र लमजुङमा संक्र,मित थपिएका छैनन्।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

10 ÷ = two