महन्थ र उपेन्द्र यादवबीच वार्ता हुँदै

काठमाडौं : जनता समाजवादी पार्टी (जसपा)मा देखापरेको संकटबीच दुई अध्यक्षहरू महन्थ ठाकुर र उपेन्द्र यादवबीच एक्लाएक्लै वार्ता हुने तय भएको छ। आइतबार दिउँसो दुवै अध्यक्षबीच वार्ता हुँदैछ।

पछिल्लो सत्ता समीकरणलाई लिएर जसपा फुटको संघारमा पुगेको छ। ठाकुर र यादव दुवैले फरक फरक समूहको नेतृत्व गरेका छन्। ठाकुरले नेतृत्व गरेको समूह ओली सरकारलाई निरन्तरता दिन र यादवले नेतृत्व गरेको समूह ओलीलाई जसरी पनि हटाएर अर्को सरकार बनाउन केन्द्रित भएपछि जसपाभित्रको विवाद उत्कर्षमा पुगेको थियो।

ठाकुरले ओलीलाई सघाउन तटस्थ बस्ने निर्णय गरेपछि विपक्षी गठबन्धनको सरकार बनाउने प्रयास असफल भएको थियो।

त्यसपछि जसपामा थप समस्या बढेको थियो। ठाकुर समूहले राजेन्द्र महतोलाई आफ्नो भेला गरेर संसदीय दलको नेता घोषित गरेपछि टकराव चुलिएको छ।

यही अवस्थामा दुई अध्यक्षबीच सघन वार्ता हुन लागेको हो। जसपा कार्यकारिणी समितिका सदस्य सुरेन्द्र झाले आइतबार दिउँसो वार्ता हुन लागेको जानकारी दिए।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

73 + = seventy four