कोरोनाबाट ज्यान गुमाउने आधाभन्दा बढी वृद्धावृद्धा

काठमान्डौं : को,भिड(१९) को संक्र,मणबाट नेपालमा ज्यान गुमाएकाहरूमध्ये आधाभन्दा बढी वृद्धवृद्धा रहेका छन् ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार, अहिलेसम्म चार हजार आठ सय ५६ जनाको कोरोनाबाट मृ,त्यु भएको छ। उनीहरूमध्ये ५६ प्रतिशत अर्थात‍् दुई हजार सात सय ३५ जना ६० वर्षभन्दा माथिका वृद्धवृद्धा छन्।

जब कि संक्र,मित हुने वृद्धवृद्धाको संख्या १० प्रतिशत अर्थात् ४७ हजार पाँच सय ९९ मात्रै रहेको स्वास्थ्य मन्त्रालयको तथ्यांक छ। यस अनुसार, को,रोना संक्र,मित वृद्धवृद्धाको मृ,त्यु दर ५।७४ प्रतिशत देखिएको छ। नेपाल कोरोना संक्र,मितको मृ,त्यु दर १।०८ प्रतिशत रहेको छ।

त्यस्तै, को,रोनाबाट ज्या,न गुमाउनेमा दोसो नम्बरमा ५० देखि ५९ वर्षसम्मका रहेका छन्। यो उमेर समूहका आठ सय ८१ जनाको ज्या,न गएको छ।

को,रोनाबाट मृ,त्यु हुनेमा ४० देखि ४९ वर्षसम्मको संख्या तेस्रो नम्बरमा रहेको छ। यो उमेर समूहका ६ सय ५९ जनाले को,रोनाबाट ज्या,न गुमाएका छन्।

यसैगरी ३० देखि ३९ वर्षसम्मका तीन सय ८५ युवाले ज्या,न गुमाएका छन्। २० देखि २९ वर्षसम्मका एक सय ३८ युवाको पनि को,रोनाबाट मृ,त्यु भएको छ।

को,रोनाबाट बालबालिकाको पनि ज्या,न गएको छ। स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार ९ वर्षसम्मका २९ जना र १० देखि १९ वर्षसम्मका २९ जना बालबालिकाले को,रोनाबाट ज्या,न गुमाएका छन्।

को,रोनाबाट संक्र,मित हुने सबैभन्दा बढी ३१ देखि ४० वर्षका छन्। यो उमेर समूहका एक लाख १४ हजार ४२ जनामा संक्र,मण देखिएको छ। यहि समूहको हाराहारीमा २१ देखि ३० वर्षका पनि छन्। यो समूहका एक लाख १३ हजार नौ सय ३४ जनामा संक्र,मण पुष्टि भएको छ।

त्यस्तै, ४१ देखि ५० वर्षम्मका ७६ हजार आठ सय ३० जना र ५१ देखि ६० वर्षसम्मका ५३ हजार तीन सय २८ जनामा को,रोना देखिएको छ।

संक्र,मित बालबालिकाको संख्या भने कम रहेको छ। ११ देखि २० वर्षसम्मका २९ हजार चार सय ७१ जनामा को,रोना देखिएको छ। ९ वर्षभन्दा कम उमेरका १० हजार चार सय बालबालिकामा को,रोना संक्र,मण देखिएको स्वास्थ्य मन्त्रालयको तथ्यांक छ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

− two = five