ओली नेपाल भेटवार्ता सकारात्मकका साथ सम्पन्न, १० सदस्यीय कार्यदल गठन !

काठमाडौं : नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कमुार नेपालबीचको एक्लाएक्लै भेटवार्ता सम्पन्न भएको छ । सिंहदरबारमा भएको भेटवार्ताले पार्टीको विवाद हल गर्नको लागि दश सदस्यीय कार्यदल बनाउने सहमति भएको छ ।

यसअघि भएको दुवै पक्षका नेताहरु सम्मिलित बैठकमा अध्यक्ष ओली र नेपाललाई कार्यदल बनाउने जिम्मा दिएको थियो । सोहीअनुसार आज भएको दुई नेताबीचको भेटवार्ताले कार्यदल बनाउने र यसमा को को रहने भनेर नाम टुँगो लगाएका छन् । कार्यदललाई भने तीन दिनको समयसिमा दिईएको छ । उक्त समयमा सहमतिको खाका निकाल्ने विश्वास लिईएको छ ।

स्रोतकाअनुसार उक्त कार्यदलमा अध्यक्ष ओलीको तर्फबाट संसदीय दलका उपनेता सुवास नेम्वाङ, विष्णु पौडेल ,प्रदीप ज्ञवाली, शंकर पोखरेल र विष्णु रिमाल रहेका छन् । उता, नेपाल पक्षबाट डा। भीम बहादुर रावल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, रघुजी पन्त र गोकर्ण विष्ट छन् ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

nine + 1 =