रौतहट प्रहरीद्वारा विभिन्न अस्पताललाई अक्सिजन सिलिन्डर हस्तान्तरण

काठमान्डौं : रौतहट प्रहरीले जिल्लास्थित विभिन्न अस्पताललाई ५० थान अक्सिजन सिलिन्डर हस्तान्तरण गरेको छ । प्रह,रीले विभिन्न क्षेत्रबाट संकलन गरेको अक्सिजन सिलिन्डर अस्पतालहरूलाई हस्तान्तरण गरेको हो ।

प्रहरीले सहयोगमा प्राप्त गरेको ७।६ किलो तौल भएको ५० वटा अक्सिजनसहितको २९ थान सिलिन्डर र एउटा खाली गरी जम्मा ३० थान सिलिन्डर गौर अस्पताललाई दिएको एसपी सिद्धिविक्रम शाहले बताए । बाँकी २० थान खाली सिलिन्डर चन्द्रपुर नगरपालिका–२ स्थित सहिद स्मृति पार्कको अस्थायी कोभिड अस्प,ताललाई हस्तान्तरण गरिएको उनले बताए ।

को,रो,नाभाइरसको संक्र,मण भई उपचारार्थ विभिन्न अस्प,तालमा भर्ना भएका बिरामीका लागि अक्सिजन सिलिन्डर अपुग हुन नदिन जिल्लाका उद्योग तथा पसलहरूबाट सहयोग मागेर ल्याइएको ती सिलिन्डर अस्पतालहरुलाई हस्तान्तरण गरिएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी भरत श्रेष्ठले जानकारी दिए । शनिबार साँझसम्म रौतहटमा को,रोना संक्र,मितको कुल संख्या ६७६ पुगेको छ भने जिल्लामा संक्रमणबाट ४६ जनाको मृ,त्यु भएको छ ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

7 × one =