Breaking News:भारतले बनायो कोरोनाको ‍औषधि, आज सार्वजनिक गर्दै

काठमाडौं : भारतले को,रोना भाइ,रस विरुद्धको औषधि तयार पारेको दाबी गरेको छ । आइतबार भारतको केन्द्र सरकारको रक्षा मन्त्रालयले ट्वीट गर्दै को,रोना भाइर,सको ‍औषधि तयार भएको र सोमबार बिहान सार्वजनिक गर्न लागेको जानकारी दिएको हो ।

मन्त्रालयका अनुसार रक्षा मन्त्री राजनाथ सिंहले सोमबार २- डीजी नामक औषधि सार्वजनिक गर्दैछन् । यसलाई भारतमा को,विड १९ संक्र,मित बिरा,मीको लागि तयार पारिएको पहिलो ‍औषधि भनिएको छ ।

यो औ,षधि भारतको रक्षा अनुसन्धान र विकास संगठन (डीआरडीओ) द्वारा बनाइएको हो । यो ‍औषधिलाई भारत सरकारले आपतकालीन प्रयोगको लागि अनुमति दिएको छ। सामान्य प्रयोगको लागि अनुमति नपाएसम्म यो औ,षधि बजारमा तत्काल उपलब्ध हुने छैन ।

यो औ,षधि पाउडरको रूपमा तयार पारिएको छ । यसलाई सबैभन्दा पहिले डीआरडीओ कोभिड अस्प,तालमा भर्ती भएका बि,रामीलाई दिइने भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

डीआरडीओका अधिकारीहरूका अनुसार देशभरका २७ अस्पतालमा यसको अन्तिम परीक्षण गरिएको थियो ।

राजनाथ सिंहले ट्वीट गर्दै भनेका छन् ‘डीआरडीओ इन्स्टीच्युट अफ न्युक्लियर मेडिसीन एण्ड अलायर साइन्सेजले औषधि बनाउने कम्पनी डक्टर रेड्डीज़ लेबोरेट्रीजको साथमा मिलेर यो खोप तयार पारेको हो ।’ यो औषधिले कोभिड १९ का बिरा,मीहरूलाई अक्सिजनको समस्याबाट जोगाउन मद्दत गर्ने भारतीय अधिकारीहरूको दाबी छ।

भारतमा कोरो,नाको दोस्रो लहरमा सबैभन्दा धेरै समस्या अक्सिजनको देखिएको छ । राजधानी दिल्ली सहित देशका कैयौं राज्यहरूमा समस्यामा परेका बिरामी र उनका परिवारलाई भएको अक्सिजनको समस्यालाई यो औष,धिले सहयोग गर्ने बताइएको छ ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

sixty two − = 60