फुटको संघारमा पुग्यो जसपा, महन्थ र उपेन्द्रको वार्ता निष्कर्षहीन !

काठमान्डौं : जनता समाजवादी पार्टी नेपाल (जसपा) मा देखिएको आन्तरिक विवादको समाधानका लागि आइतबार शीर्ष तहमा वार्ता भयो । तर, वार्ताकै बीचमा पनि जसपाका दुई पक्षीय नेताहरुबीच आरोप–प्रत्यारोप रोकिएको छैन ।

शनिबार उपेन्द्र यादवले आफ्ना पक्षका सांसद तथा कार्यकारिणी सदस्यको बैठक बोलाएका थिए । त्यो बैठकको महन्थ ठाकुरले विज्ञप्ति जारी गरेर विरोध गरेका थिए ।

त्यसपछि अध्यक्ष ठाकुर र अर्का अध्यक्ष उपेन्द्र यादवबीच आइतबार वार्ता भयो । सहमतिका लागि अन्तिमपटक प्रयास गर्ने र सहमति नभए पार्टीको विधानअनुसार अगाडि बढ्ने निर्णय भएको भोलिपल्टै यादवले ठाकुरसँग वार्ता गरेका हुन् ।

दुई अध्यक्षबीच छोटो समय भएको वार्ताले ठोस निकास ननिकाले पनि आपसमा बढेको दुरी घटाउने र सहमतिमै समाधान खोज्नेबारे कुराकानी भएको जसपा नेताहरु बताउँछन् ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

ninety three − eighty seven =