दुखत: खबर,पत्रकार शान्तिराम कार्कीको कोरोना संक्रमणबाट नि’धन

काठमान्डौं : झापा निवासी कार्की विगत डेढ दशकदेखि काठमाडौँमा रही पत्रकारितामा सक्रिय थिए । जनता टाइम्स डटकमका सम्पादक कार्की प्रेस चौतारी नेपालको केन्द्रीय सदस्य हुन् । उनले सौर्य दैनिकमा सहसम्पादकको जिम्मेवारी वहन गरेका थिए । प्रेस चौतारीका अध्यक्ष गणेश बस्नेतले कार्कीको नि’धनबाट स्तब्ध भएको उल्लेख गर्दै श्र’द्धाञ्जलि व्यक्त गरेका छन् ।

नेपाल पत्रकार महासङ्घका महासचिव रोशन पुरीले विज्ञप्ति जारी गरी स्वर्गीय पत्रकार कार्कीप्रति श्रद्धाञ्जलि अर्पण गर्दै दिवङ्गत आत्माको चि’रशान्तिको कामना गरे । कोरोनाकै कारण हालसम्म १३ पत्रकारको नि’धन भएको छ भने ७५० भन्दा बढी पत्रकार सङ्क्रमित भएका छन् ।

यस्तै ,नेकपा एमालेमा देखिएको विवाद मिलाउन भन्दै जारी वार्ता आइतवार पनि सुरु भएको छ । प्रधानमन्त्री एवम् नेकपा ९एमाले० का अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच आइतबार पनि भेटवार्ता सुरु भएको छ। उनीहरु वार्ताका लागि सिंहदरवार पुगेका हुन् । सो भेटमा पार्टीका आन्तरिक विवाद समाधानका लागि कार्यदल बनाउने निर्णय हुनसक्ने बताइएको छ।

शुक्रबार ओली पक्ष र नेपाल समूहका नेताहरुबीच सिंहदरबारमा लामो छलफल भएको थियो। सो छलफलमा पार्टीलाई २०७५ जेठ २ गतेकै अवस्थाबाट क्रियाशील बनाउन ओली तयार भएका थिए भने त्यसका लागि विस्तृतरुपमा अध्ययन गरी प्रतिवेदन बुझाउनका लागि कार्यदल बनाउने सहमति भएको थियो। सोहि बैठकले कार्यदलका सदस्यहरुको चयन गर्ने जिम्मेवारी ओली र नेपाललाई दिएको थियो।

नेपाल पक्षका नेताहरुले शुक्रवारको वार्तामा रामबहादुर थापा बादललाई पनि सहभागी बनाएको भन्दै विरोध गरेका थिए । उनीहरुले पार्टीलाई जेठ २ कै अवस्थामा लैजानुपर्ने माग आफहरुको भएकाले वादललाई सहभागी गराउन नहुने तर्क राखेका हुन् । आजको वार्ता ओली र नेपालबीच वान टु वान भएको बताइएको छ । उनीहरु दुई जना मात्र वार्तामा सहभागी भएका छन् । कार्यदलको जिम्मा दुई नेतालाई दिइएका कारण दुई नेता मात्र सहभागी भएका हुन् ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

fifty four ÷ twenty seven =