मन्त्रिपरिषद बैठकमा प्रधानमन्त्री ओलीले भने“म छिट्टै विश्वासको मत लिने तयारीमा छु”

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले छिट्टै विश्वासको मत लिने तयारी गरेकोबारे मन्त्रीहरुलाई ब्रिफिङ गरेका छन् । आज सँझ बसेको मन्त्रिपरिषद बैठकमा प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।

एक मन्त्रीले रिपोर्टर्स नेपाल डटकमलाई दिएको जानकारीअनुसार नीति तथा कार्यक्रम ल्याउनुभन्दा पहिले र बजेट ल्याउनुभन्दा पहिले आफूले विश्वासको मत लिने तयारी गरेको सुनाएका थिए ।

ओली बैशाख ३० गते राति संविधानको धारा ७६ को ३ अनुसार सबभन्दा ठूलो दलको नेताको हैसियतमा प्रधानमन्त्री नियुक्त भएका हुन् । अब उनले एक महिनाभित्र संसद्मा विश्वासको मत लिनुपर्ने संवैधानिक विश्वास छ ।

प्रधानमन्त्रीले विश्वासको मत लिनको लागि जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतोसँग नियमित छलफल गरिरहेका छन् ।

तर, ठाकुर पक्षले भने आफूहरु यसअघिझैं तटस्थ बस्ने जनाएको छ । विश्वासको मत नपाए संसद् विघटन गरेर नयाँ निर्वाचनमा मुलुकलाई डोर्याउने प्रधानमन्त्रीको तयारी छ । यो कुरा आज परराष्टमन्त्री प्रदीप ज्ञवालीले समेत खुलासा गरेका छन् ।

उनले प्रधानमन्त्रीले विश्वासको मत लिन असफल भए संसद्ले वैकल्पिक सरकार दिन नसक्ने उनको दाबी छ । त्यही भएर मुलुक चुनावमा जानुको विकल्प नहुने उनले तर्क गरे ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

five × = fifteen