देशभर १ लाख ११ हजार अक्सिजन सिलिन्डर मात्र

काठमाडौं : को,रोना महामा,रीबीच अक्सिजन अभाव भइरहेकै बेला देशभर १ लाख ११ हजार ३ सय ६४ सिलिन्डर पाइएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार उपत्यकाभित्रका १० उद्योग र बाहिर १९ उद्योगमा ठूलो ७२ हजार २ सय ५० र सानो ३९ हजार १ सय १४ गरी कुल १ लाख ११ हजार ३ सय ६४ सिलिन्डर रहेका छन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयका अनुसार नेपाल वायुसेवा निगमले ओमनबाट ५ सय ६० थान अक्सिजन सिलिन्डर ल्याएको छ । चीनबाट प्राप्त हुनेमध्ये १६ सय अक्सिजन सिलिन्डर लिन निगमको कार्गो उडानले १५ देखि १८ मेसम्म नियमित उडान गर्नेछ ।

प्रधानमन्त्री कार्यालयले कोभिड–१९ रोकथाम, नियन्त्रण र उपचारका लागि गत ३१ वैशाखमा ३ करोड ७७ लाख ४३ हजार ४ सय ३२ बराबरका २६ लाख १३ हजार १६ थान मेडिकल उपकरण र ५७ लाख ५७ हजार ६ सय ९६ बराबरका अक्सिजन तथा औषधि पैठारी भएको जनाएको छ ।

यो समाचार आजको राजधानी दैनिकमा छ ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

eight × 1 =